काठमाडौँ । सुदूर पश्चिमका चर्चित युवा नेता तथा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन कैलाली जिल्ला वरिष्ठ उपाध्यक्ष वैकुण्ठ बजगाईँ र राप्रपा सुदूर पश्चिम प्रदेशका कार्यकारी सदस्य नवीन संज्याल अब एक कित्तामा उभिएर अगाडि बढ्ने भएका छन् ।
बजगाईँले एमसिसि विरुद्ध सुदूर पश्चिममा पहिलो पटक भएको आन्दोलनको नेतृत्व गरेका थिए । कैलालीको धनगढीमा भएको उक्त आन्दोलनमा उनी सक्रियतापूर्वक लागेका थिए ।
यस्तै संज्याल माननीय ज्ञानेन्द्र शाहीको तीन वर्ष प्रमुख स्वकीय सचिवका रूपमा काम गरे । उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानलाई सफल बनाउन ठुलो योगदान दिएका थिए ।
एक कित्तामा उभिएर अघि बढ्ने निर्णय गरेसँगै युवामा उत्साह थपिएको छ । दुवैले जनताको सेवामा खटिने प्रतिबद्धता जनाएका छन् भने उनीहरूप्रति युवाहरूको चासो र जिज्ञासा बढ्दै गएको छ ।