दाङ्ग ,
सम्पुर्ण परियार एक हाैँ भन्ने मुल नारा बाेकेकाे परियार सेवा समाज दाङ शाखाले निम्नानुसारकाे प्रस्ताव,छलफल र निर्णय गर्दै समाजकाे दाेस्राे बैठक शनिबार घाेराहीमा सम्पन्न गरेकाे छ ।
बैठककमा दाङभित्रका विभिन्न पालिका र वडाहरुमा छरिएर रहेका परियारलाई छिट्टै पालिका स्तरीय र वडा स्तरीय समाजकाे गठन गर्ने र परियारहरुकाे पेशा हक हितमा जाेड दिने प्रतिबद्धता सहित समाजकाे दास्राे बैठक सम्पन्न भएकाे हाे ।
बैठकले अधिवेशनमा खाली रहेका सदश्यहरुमा तुल्सीपुर क्षेत्रबाट उर्मिला कुमारी नेपाली र गढवा क्षेत्रबाट निर्मला परियारलाई सर्वसहमत रुपमा सदश्यमा मनाेनित गरेकाे छ भने विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै सल्लाहकार सदश्य समेतकाे चयन गरेकाे छ । सल्लाहकारमा कमल नेपाली,रविन्द्र उच्च नेपाली,चुर्ण बहादुर नेपाली,सुमन नेपाली,चिरञ्जीवी तिल्कानी,छवि परियार,शशी नेपाली, झविन्द्र नेपाली, प्रकास नेपाली, खडक परियार लगायतका व्यक्तिहरुलाइ समाजकाे सल्लाहकारकाे रुपमा चय गरेकाे छ ।
वैठकमा परियार जातबाट विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै विभिन्न व्यक्तिहरुकाे उपस्थिति समेत रहकाे थियाे
समाजकाे दास्राे बैठक परियार सेवा समाज दाङका जिल्ला अध्यक्ष सन्ताेस नेपालीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।