रिता खनाल कपिलवस्तु
बुटवलमा एक कार्यक्रम गर्दै द ईभा हब मेकप स्टुडियाे कपिलवस्तुले ईभा हब द्वारा प्रशिक्षण लियका ३० सहभागी महिलाहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।
उक्त ब्युटिसियनका प्राेपराइटर सङ्गिता गुरुङकाे अायाेजना र पत्रकार रिता खनालकाे सल्लाहमा बुटवलमा प्रमाण पत्र वितरण गरिएको हाे । कार्यक्रममा बाेल्दै सङ्गिता गुरुङले अाफुले पछिल्लो समय पढाइ संगै ब्युटि क्षेत्रलाई अगाडि लैजान धेरै संघर्ष गरेको बताउनुभयाे । संङ्गिता ब्यवसाय मात्र नभएर उहाँ प्रशिक्षक पनि हुनुहुन्छ । कपिलवस्तुकाे बाेडगाँउमा रहेको दईभा हब ब्युटि पार्लर यतिबेला सबैकाे राेजाईकाे केन्द्र बनेको छ । ब्युटि हबद्वारा ट्रेनिङ लियका सहभागी महिलाहरु लाई सल्लाह सुझाव दीदै उहाँले निरन्तरकाे प्रयास संघर्ष बाट अवस्य शफल भइन्छ । भनी उहाँले सकेसम्म महिला अाफै अात्मनिरभर हुनुपर्छ अाफुबाट सिकेका सीपहरु अरुलाई पनि सिकाउन सहभागी सम्पुर्ण महिलाहरुलाई सल्लाह सुझाव दिनुका साथै अगाडि बढ्न प्रेरित गर्नुभयाे ।
द इभा ब्युटि हबले यतिबेला बेरोजगार महिलाहरु सीप सिकाउनुका साथै राेजगार पनि दिएकाे छ । कार्यक्रममा बाेल्दै उहाँ ले सीप अार्जन गर्न सके कहि कतै गएपनी अाफु पछी हट्न नसकिने र सकेसम्म विदेश जानुभन्दा स्वदेश मै केही गर्न सहभागी सम्पूर्ण महिलाहरुलाई सल्लाह सुझाव दिनुभयो ।अागमी दिनमा अाफु ब्युटिसियन मात्र नभई सामाज सेवामा पनि अग्रसर हुने बताउनु भयो । यतिबेला दईभा ब्युटि हबका प्राेपराईटर संङ्गिता गुरुङ साहसी महिलाकाे रुपमा स्थापित हुनुभएको छ।
उक्त कार्यक्रममा प्राेपराईटर गुरुङले पत्रकार रिता खनाललाई सम्मान गर्दै मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियोे ।
प्रमाण पत्र पाएपछी सहभागी महिलाले द इभा ब्युटि हबकाे प्रशम्सा गर्नुकाे साथै ब्युटि ब्यवसाय तथा प्रशिक्षक संङ्गिता गुरुङकाे प्रशम्सा गर्दै हर्शीत भएका थिय।