बिहिबार, भदौ २७, २०८१

Ratopress

Advertisment

SKIP THIS

लुम्बिनीका आठ मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी प्रदेशका बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिनुभएको छ । शुक्रबार मुख्यमन्त्री चेतनारायण आचार्यले ८ जना विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ४ र कांग्रेसबाट ४ जना गरी ८ जना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।मन्त्रीहरुको जिम्मेवारी बाँडफाट नभएको भन्दै आलोचना भएको थियो । यहीबीचमा बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि ८ जना मन्त्रीले जिम्मेवारी पाएका हुन् । बाँडफाट गरिएको जिम्मेवारी अनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मीले जिम्मेवारी पाएका छन् । दाङका प्रचण्डविक्रम न्यौपाने उद्योग, पर्यटन तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री अझै पठाउन सकेको छैन ।नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, स्वास्थ्य मन्त्रीमा पाल्पाका खेम सारु र ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरीले जिम्मेवारी पाएका छन् ।मुख्यमन्त्री आचार्यले सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका छन् ।