मङ्लबार, बैशाख ४, २०८१

Ratopress

Advertisment

SKIP THIS

कर दाखिला गर्ने निर्णय फिर्ता गर्न माग गर्दै व्यापार संघ कपिलवस्तुद्वारा प्रेस विज्ञप्ती

शिवराज, कपिलवस्तु ।

व्यापार संघ कपिलवस्तुले जेठ २५ सम्म कर दाखिला गर्न सरकारले जारी गरेको निर्णय फिर्ता लिन माग गरेको छ ।अहिले विश्वव्यापि रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ ले आक्रान्त परीरहेको अवस्थामा नेपाल सरकारले गत चैत १० गते देखि जेठ ३२ गते सम्म लकडाउनको अवधि थप गरेको अवस्थामा हालै मात्र आन्तरीक राजश्व विभागले यहि जेठ २५ गते भित्र समपुर्ण कर असुली गर्ने सुचना जारी गरेको प्रति व्यापार संघ कपिलवस्तुले गंम्भिर ध्यानाकार्षण भएको विज्ञप्ती मार्फत जनाएको छ ।

जेठ १५ गते सर्वोच्च अदालतले लकडाउन अवधिलाई शून्य समय मान्ने फैसला गरेको सन्दर्भमा सरकारले त्यसलाई समेत बेवास्ता गर्दै जेठ २५ सम्म मूल्य अभिवृद्धि कर, अन्त शुल्क र अग्रिम आय कर बुझाउन सूचना जारी गरेको भन्दै व्यापार संघ कपिलवस्तुले विरोध गरेको हो ।

संम्भावित सर्वोच्च अतादतको पुर्ण इजलाशको आदेशमा लकडाउनको अवधि गणना नगर्ने शुन्य समय मान्ने गरी फैसला गर्दा गर्दै पुन आन्तरीक राजश्व विभागले राजवश्व बुझाउने समय निर्धारण गरी सुचना जारी गर्नु सम्मानित अदालतको अवहेलना हुन्छ ।

गृह मन्त्रालयको सुचना नेपाल सरकारको निर्ण वमोजिम लकडाउनको पालना गरी सम्पुर्ण उध्योग व्यावसाय अत्यावश्यक केहि उध्योग बाहेक बन्दरहेको र सम्पुर्ण कार्यालय बन्द रहेको अवस्थामा के कसरी सम्भव छ। त्यसैले आन्तरीक राजश्व विभागले जारी गरेको उपरोक्त निर्ण परीवर्तन गर्न गराउन नेपाल सरकारलाइ हार्दिक अनुरोध गर्दछौं व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल द्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरीएको छ ।