बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीको कुन स्थानिय तहलाई कति बजेट (विवरण सहित)

अर्घाखाँची । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागी अर्घाखाँचीमा २ अर्ब ६८ करोड बजेट बिनियोजित गरेको छ । जिल्लाका ६ स्थानीय तहका लागि र्२ अर्ब ६८ करोड ८ लाख बजेट बिनियोजित विनियोजन गरेको हो ।

संघीय सरकारले अर्घाखाँचीका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट सन्धिखर्क नगरपालिकालाई विनियोजन गरेको छ । सन्धिखर्क नगरपालिकाले ६० करोड १९ लाखसंघीय सरकारबाट पाउने छ । शितगंगा नगरपालिकालाइ सरकारले आगामी आवका लागि ४९ करोड १६ लाख बजेट विनियोजन गरेको छ ।
यस्तै भुमिकास्थान नगरपालिकालाई यो बर्ष ४० करोड ८५ लाख बजेट परेको छ ।

गाउँपालिका मध्ये पाणिनी गाउँपालिकाका लागि सरकारले सबैभन्दा बढी रकम विनियोजन गरेको छ । पाणिनी गाउँपालिकाले आगामी आवमा ४३ करोड ४५ लाख संघीय सरकारबाट प्राप्त गर्नेछ ।
यस्तै छत्रदेब गाँउपालिकाले यो बर्ष ३५ करोड १९ लाख बजेट प्राप्त गनेछ ।

मालारानी गाँउपालिकालाई सरकारले ३९ करोड २४ लाख बजेट विनियोजन गरेको छ ।वित्तीय समानीकरणतर्फ र सःशर्त अनुदानतर्फ बाट उत्त रकम जिल्लामा आउन लागेको हो ।