शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

निर्धन उत्थान लघुवित्त खजुरा शाखाद्वारा राहत रकम वितरण

झबिन भण्डारी, बाँके । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय बाँके खजुरा शाखाले आज छुट्टा छुट्टै कार्यक्रमका बिचमा वडा न ४ स्थित आफ्नो समूह सदस्य बालकुमारी कामिको मृत्युको दुखद घडीमा उनको घर मै पुगेर सामाजिक दुरि कार्य राख्दै बिमा रकम वितरण गरेको छ ।

त्यस्तै शाखा कार्यालयमा सामाजिक दुरि कायम गर्दै गाउपालिकाको उपप्रमुख एक माया विकको प्रमुख अतिथ्यतामा सामाजिक उतरदायित्व अन्तर्गत छात्राबृती तथा घातक रोग क्यान्सर लागेका सदस्यका परिबारलाई राहत बितरण गरिएको छ। कार्यक्रममा बोल्दै उपप्रमुख बिकले निर्धन उत्थान लघुबित्तको नाम मात्र निर्धन उत्थान नभएर उसको कार्य समेत उत्कृष्ट रहेको, जीवन को प्रत्येक क्षण सगै जीवन प्रयन्त समेत निर्धन बैकले सधै आफ्ना ग्राहक र उनिहरुको परिवारमा गर्ने साथ सहयोगको मुक्त कण्ठले प्रशंसा गरिन।

कार्यक्रममा बोल्दै शाखा प्रमुख लेखनाथ काफ्लेले सस्थाले आज भन्दा ३ दशक पहिले देखि सस्थाले बिपन्न ग्रामीण ठाउँमा बिपन्न सदस्य र उहाहरुको जीवन स्तर माथी उठाउन सदा सर्बदा कठिबद्द भएर जस्तो सुकै स्थितीमा साथ दिने बताए।अहिले कोरोनाको विषम अबस्थामा लघुबित्त लाई धेरै गार्हो परेको अबस्था मा समेत सस्थाले आफ्ना ग्राहक र उहाहरुको परिवारलाई यसरी माया गरेको देख्दा अत्यान्तै हर्सित रहेको र आफ्नो ठाउँ बाट सस्थाको लागि हरदम साथ सहयोग गर्ने उपस्थिति एक ग्राहक सदस्य ले बताइन।

निर्धन उत्थान लघुबित्त सस्था हाल देशका सम्पुर्ण ७७ ओटा जिल्लाहरुबाट १८१ शाखा मार्फत आफ्नो कार्यक्रम सन्चालन गर्दै आएको छ।