शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

समाजसेवी विक्रम पल्लीद्धारा खाद्यान्न सहयोग

माधव प्रसाद बेल्बासे, शितगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका ११ खयरभट्टी स्थित शम्भु आधारभूत विद्यालयको क्वारेन्टाईनलाई निर्माण व्यवसायी एवं समाजसेवी विक्रम पल्लीले खाद्यान्नको प्रबन्ध मिलाएका छन ।

गएको शनिवार राती कृष्णनगरबाट उद्धार गरी क्वारेन्टाईनमा ल्याईएका २३ जनाको लागि खाद्यान्न नभए पछि उनले खाना तथा खाजाको व्यवस्था मिलाएका थिए । उनले क्वारेन्टाईनको व्यवस्थापनमा समेत सहयोग गरेका थिए ।

सामाजिक क्षेत्रमा कार्य गर्दै आएका पल्लीले उक्त क्वारेन्टाईनलाई तत्कालका लागि खाद्यान्न उपलब्ध गराएको पल्लीले रातोप्रेस डटकमलाई जानकारी दिए ।

उनले ५० किलो चामल, नुन, तेल सहित खाजाको लागि च्याउचाउ, विस्कुट, पानी राख्ने बाटा, ग्यालिन, बोत्तल लगाएतका सामग्री उपलब्ध गराएका हुन।

समाजसेवी विक्रम पल्ली