बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा १० को क्वारेन्टाईनमा २१ जना पुगे, आउने क्रम जारी

माधव प्रसाद बेल्बासे, शितगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १० मा हाल सम्म भारतबाट आउनेको संख्या २१ जना पुगेका छन । उनीहरुलाई कृष्णनगरबाट उद्धार गरी ल्याईएको थियो । ति सबैलाई वडाले निर्माण गरेको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ।

शितगंगा नगरपालिकाका जनप्रतिनिधीको टोली कृष्णनगर र सुनौली नाकामा पुगेर अलपत्र नागरिकको उद्धार गरिरहेको छ । वडा अध्यक्ष हिम्मत पोख्रेलले पनि सकृय भूमिका खेली आफ्नो वडाका नागरिकलाई वडासम्म ल्याउन पहल गर्दै आएका छ्न।

उद्धार गरिएका सबै जनालाई वडा नं. १० बाघखोर स्थित जनजागृति माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको वडा अध्यक्ष हिम्मत पोख्रेलले रातोप्रेस डटकमलाई बताए। क्वारेन्टाईनमा गुनासो आउन नदिन आधारभूत मापदण्ड पुरा गरिएको उनले बताए । साथै नगरपालिकाको मापदण्ड भित्र रहेर क्वारेन्टाईनमा बसेका व्यक्तिलाई खाना खुवाएको भन्दै अध्यक्ष पोख्रेलले थापा किराना तथा नास्ता पसललाई धन्यवाद समेत व्यक्त गरेका छ्न ।

भारतबाट आउने क्रम जारी भएसंगै थप क्वारेन्टाईनको व्यवस्थापनमा वडा कार्यालय अगाडी बढेको अध्यक्ष पोख्रेलको भनाई छ। वडा अध्यक्ष पोख्रेलले अलपत्र वडाका नागरिकलाई आफ्नो मोबाइल नं. ९८५७०६९४१० मा सम्पर्क गरी आफ्नो अवस्थाका बारेमा जानकारी गराउन समेत अनुरोध गरेका छन ।