आइतवार, असार २१, २०७७

जनप्रिय आधारभूत विद्यालय भुमिकास्थान-२ को क्वारेन्टाइनमा ३५ जना

प्रकाश भुसाल, भुमिकास्थान ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं-२ को जनप्रिय आधारभूत विद्यालयमा भारतबाट आएका ३५ जना व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

भारतको विभिन्न शहरबाट आएका ती व्यक्तिहरुलाई जेठ ११ गते राती क्वारेन्टाइनमा राखिएको उक्त विद्यालयका प्रधानाध्यापक पवित्रा क्षेत्रीले रातोप्रेस डटकमलाई जानकारी दिए ।

उनीहरु नेपाल आउने सिलसिलामा नेपाल-भारत सिमानामा केहिदिन देखि अलपत्र परेका थिए । अलपत्र परेका अर्घाखाँचीबासिलाई लिन सिमानाकामा दैनिक बस तथा एम्बुलेन्स पुग्ने गरेका छन ।