शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

जनयुद्धको त्रासले शहर पस्ने चलेको लहर कोरोनाले गाउँ फर्कने लहरमा परिणत

२०५२ फागुन १ गते बाट शुरूवात भएको माओबादी जनयुद्ध २०६३ मङ्सिर ५ गते बृहतशान्ति सम्झौता गर्दै दसबर्ष भन्दा लामो नेपालको गृहयुद्धको अन्त्य भएको थियो । यश युद्धमा हजारौं शसस्त्र बिद्रोही माओवादी नेपाल प्रहरी, नेपाली सेना र सर्वसाधारण नेपाली जनता मारिएका थिए । त्यो युद्धमा तत्कालीन राज्य र बिद्रोही दुबै पक्षबाट युद्धमा सामेल भएका र नभएका सर्वसाधारण लाई डर त्रास सृजना गर्ने, धम्क्याउने, विभिन्न किसिमका यातना दिने, अपहरण गर्ने, कुटपिट गर्ने, बेपत्ता पार्ने र मार्ने समेतका घटना भएका थिए । युद्धमा दुबै पक्षहरूले सर्वसाधारण नागरिकको बाच्नपाउने अधिकारको समेत उलंघन गर्दै मानवअधिकारको गम्भीर उलंघन गरेका थिए ।

तत्कालिन माओबादिले रामेछापको बेथनी चौकीबाट शुरूवात गरेको आक्रमण संसद, पत्रकार, शिक्षक, धार्मिकक्षेत्रका ब्यक्ति , सामाजिक ब्यक्ति ,सर्वसाधारण ब्यक्तिको हत्या गर्नुको साथै धेरै प्रहरि चौकी, मङ्गलसेन दरवार, दाङ्ग घोराही आक्रमण, अर्घाखाँची आक्रमण हुँदै बादरमुढे जस्ता धेरै बिर्सनै नसक्ने खालका घटनाहरु छन l त्यो अवस्थाको संमझना गर्दा अहिलेसम्म पनि त्रास सृजना हुन्छ । त्यस्तै राज्यपक्षबाट पनि पत्रकार कृष्ण सेन र मैना सुनुवार जस्ता अमानवीय हत्या जस्ता धेरै घटनाहरु छन दुबैपक्षले जतिपटक माफ मागेपनी माफदिन लायकका छैनन् ।

सुरुवातमा राम्राकाम गर्दै जनता सङ्ग नजिक हुन पुगेको माओवादी पछि उनिहरुका कामप्रति जनमानसमा त्रास फैलिएको थियो । जनयुद्धको असर गाउँमा अत्यधिक मात्रामा परेको थियो एकातिर माओवादी बाट अर्को तिर राज्यको तर्फ बाट दोहोरो मारमा त्रासको बाताबरणमा बस्नु परेको थियो । त्यो युद्धमा कस्ले के पायो इतिहासले मुल्यांकन गर्ला तर नेपाली जनताले अहिलेसम्म केहि पाउन सकेका छैनन । गाउँमा माओवादीको बिरोध गर्ने कसैले हिम्मत गर्दैन्थे कसैले बिरोध गरिहाले भने त्यस्लाइ कारबाही हुन्थ्यो त्यो कसैलेपनी हेर्न सक्दैन्थे भने कारबाहीको भागेदारको पिडाकती हुने थियो होला त्यो बेलामा गाउघरमा धेरै घटना ब्यक्तिगत रिसइबिको कारणले गराइएका थिये कसैलाइ कोइ सङ्ग रिस उठेपछि माओवादी लगाएर कारबाही गरिन्थ्यो त्यस्को यथार्थ नभुझिकन माओबादीले कारबाही गर्दा धेरै मानिसले अनावश्यक रुपमा ज्यान गुमाएका धेरै घटनाहरु छन ।

माओवादीहरुले धेरै गाउँ गाउँमा आफ्नो कब्जा जमाएर बसेका थिए उनीहरुको आदेशको पालना गर्नुपर्ने बाध्यता त थियो नै बेला बेलामा राज्यपक्षबाट गाउमा उपस्थिति हुदा आतंक नै मच्चाउने गर्दथे सोझा साझा सर्वसाधारणलाई माओबादिको बिल्ला लगाउदै कुटपिट गरेका समाचारहरु सुनिन्थ्यो दोहोरो मारमा परेका सर्वसाधारणको दिनचर्या निकै पीडामा बितेको थियो ।माओवादीको जबर्जस्ती चन्दा आतंकको साथै खाना पकाउदै खुवाउनु सर्वसाधारणको जघन्य हत्या इत्यादि कुराहरुलाइ सहन नसकेर धेरै मानिसहरु आतंकित हुँदै शहर पस्ने लहर नै चलेको थियो । अरु राजनितिक दलका नेता तथा कार्यकर्ता माथी पनि निकै आक्रमण हुन थालेपछि गाउ छोडेर शहर तिर बसाइ सराइ गर्ने अनगिन्ती छन l

सरकारी कर्मचारी, नेपाल प्रहरी, नेपाल आर्मी लगायत अन्य राजनितिकदलका परिवारलाई गाउमा बस्ने बाताबरण नै नहुदा आफ्नो भएको सबै जग्गा जमिन छोडेर आफ्नो ज्यानको सुरक्षाको लागि पनि शहर जान बाध्यता नै थियो । युवाहरूलाई पनि जबर्जस्त पार्टिमा लैजाने डरले प्राय धेरै क्षेत्रका गाउँमा युवाहरू भेटाउन गार्हो थियो सबै युवा पलायन नै हुनु परेको थियो l कुनै ठाउको यात्रागर्नुपर्दा कति दु:ख थियो अहिके त संझदापनी सपनाको जस्तो अनुभव हुन्छ ।

त्यो समयमा माओवादी हरुले कब्जामा लिएका र त्रासले त्यतिकै छोडेर गएका धेरै जग्गा बाझिएको अवस्थामा छन । अहिले नेपाल लगायत बिश्व कोरोनाको विरुद्धमा लडिरहेका छन नेपालपनी २ महिनादेखी बन्दाबन्दिको अवस्थामा छ । नेपालमा लकडाउन सुरुवात हुनु भन्दा पहिले नै काठमाडौ लगायत धेरै शहरबाट ठूलो सङ्ख्यामा गाउँ गाउँमा मानिस हरु पुगेका छन । अहिले गाउँमा धेरै मानिसको बसोबास हुँदा छुट्टै किसिमको रौनक छाएको छ । कोरोनाको कारणले गाउँमा पुगेकाहरु उतै रमाउन थालेका छन । यो बन्दाबन्दी लामो समयसम्म चलिरहने अवस्था छ अबको केही समयपछि खेतमा धान रोप्ने समय आउदै छ त्यस्को तयारीमा धेरै बसेका छन । कोरोनाले गाउँ फर्केका धेरैजसो अब गाउमै बस्ने योजना गर्दै छन । द्वन्द्वकालमा गाउँ छोडि शहर जाने चलेको लहर अहिले करीब २५ बर्षपछि कोरोनाको कारण गाउँ फर्किने लहर चलेको छ ।

पन्चायतकालमा राजनीतीक फाइदाका लागि रास्टिय गाउ फर्क अभियान चलाएका थिए यसलाइ उनिहहरुले राजनिती अभियान बनाएर विभिन्न काममा शहर पसेकाहरुलाइ गाउँ फर्काएका थिए पछि पन्चायत राजनीति गर्नका लागि एक अनिवार्य ब्यवस्थामा परिणत भएको थियो अहिले कुनै अभियान बिना नै कोरोनाको कारण गाउँ फर्क अभियान चलेको छ यस अभियानलाई सदुपयोग गर्दै स्थायित्वमा परिणत गर्नुपर्दछ ।

केशवराज खनाल, बुटवल १३ रुपन्देही