शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा ६ ले क्वारेन्टाईनका लागि स्वास्थ्य सामग्री वितरण गर्‍यो

लक्ष्मण ओली, शितगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ६ ले क्वारेन्टाइनलाई व्यवस्थित गर्ने योजना सहित क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई आवश्यक सामान सहित स्वास्थ्य सामग्री वितरण गरेको हो ।

प्रत्येक व्यक्तिलाई म्याट, क्वारेन्टाइन कोठामा बाल्टी, जग, साबुन, हेर्पेक, ब्रुस, मास्क, किटनासक बिषादी, स्यानिटाइजर वितरण गरेको छ।

क्वारेन्टाइनमा रहेका युवाहरुलाई परामर्श गर्दै वडा अध्यक्ष ऋषि रेस्मी र सचिब नारायण पाण्डेले कोरना भाइरस सर्ने तरिका,  स्वास्थ तथा सरसफाइको उच्च आचरण र बच्ने उपायका बारेमा जानकारी दिए ।

वडा अध्यक्ष रेश्मी वडाबासीको निम्ति अहोरात्र खटिरहेको र अझैपनि यसै अनुरुप खट्ने प्रतिबद्धता व्यक्त गरेका छन । साथै क्वारेन्टाइनमा बसेका युवाहरुलाइ अनुशासन सहित उच्च मनोबलका साथ ढुक्कसँग बस्न आग्रह गरे। हालसम्म वडामा ७१ जना क्वारेन्टाइनमा बसेका छन।