आइतवार, असार २१, २०७७

अलपत्र नेपालीको उद्धारका क्रममा देखेको दृश्यले दुखित तुल्यायो – रुकेश आले

माधव प्रसाद बेल्बासे, कपिलवस्तु ।

शितगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुकेश आलेले अलपत्र नेपालीले कष्टकर दिन गुजार्नु परेको अवस्थाबारे चिन्ता व्यक्त गरेका छ्न । नेपाली नागरिक भारतीय सीमानाकाहरुमा अलपत्र परेको देखेर उनले चिन्ता व्यक्त गरेका हुन्।

सीमामा नेपाली अलपत्र परेको देखेर उनको मनमा त्यहाँका दृश्य नाचिरहेको बताउँदै, त्यहाँको अवस्थाका विषयमा आफुलाई गम्भिर बनाएको बताए ।

आफ्नै देशमा आएर क्वारेन्टाईनमा बस्न तयार भएका धेरै नेपालीहरु धेरै दिन देखि अलपत्र परेको विषयलाई लिएर वडाध्यक्ष आलेले रातोप्रेस डटकमका प्रधान सम्पादकसंग त्यहाँका घटनाका विषयमा जानकारी गराए ।

नेपालका कतिपय पालिकाहरुले उद्धार कार्यलाई चासो नदिएको प्रति ध्यानाकर्षण गराएका छन । कतिपय जनप्रतिनिधीहरुले फोन समेत नउठाएको बारे त्यहाँका नेपाली नागरिकले वडाध्यक्षसँग दुखेसो व्यक्त गरेको विषयमा आले उल्लेख गरे।

आफ्नो पालिकाले अलपत्र नागरिकको उद्धारका लागि महत्वपूर्ण कदम चालेको प्रति आज उनले गर्व महसुस गरेका छन। जन सेवामा अनवरत खटी रहने आले आफु स्वयम आज सिमामा गई आफ्ना नागरिकको उद्धार गर्न पाएकोमा जिन्दगीकै पहिलो पटक आत्मसन्तुष्टी मिलेको उनले बताए ।

आज आईतबार सीमामा पुगी उद्धारमा खटिएका आलेले त्यहाँ रहेका नेपालीको भयावह स्थिती देखेर उनले यसो बताएका हुन् । सिमामा नेपालीहरु भोकभोकै दिन कटाएका छन, पानी पिउन पाएका छैनन, बस्ने सुत्नेका त कुरैं छोडौं भन्दै स्वास्थ्यको संवेदनशीलतालाई बुझ्न सबै जनप्रतिनिधीलाई आग्रह गरेका छन ।

सीमामा आएर बसेका ति अलपत्र नेपालीहरुको खानपानको व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन ।