आइतवार, असार २१, २०७७

संस्थाद्धारा ईटाभट्टीका मजदुरलाई खाद्यान्न वितरण

माधव प्रसाद बेल्बासे, कपिलवस्तु।

घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था र ग्लोबल फेयरनेस इनिसियटिभको साझेदारीमा इटाभट्टीका कामदारलाई खाद्यान्न वितरण गरिएको छ ।

संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अर्न्तगत वेटर ब्रिक परियोजना अर्न्तगत बुद्धभुमि ५ को एपोलो इट्टा उद्योग, महराजगन्ज न.पा.२ को न्यु ज्योती इट्टा उद्योग र सिवराज न.पा.११को ज्योती इट्टा उद्योगका कामदारलाई खाद्यान्न वितरण गरेको हो ।

संस्थाले चामल, दाल, आलु, तेल स्वाविन् लगायतका खाद्य सामाग्री वितरण गरिएको छ । उक्त राहत सामाग्री संस्थाका कार्यपालक अधिकृत रोमलाल खनालद्धारा वितरण गरिएको थियो ।

संस्थाका कार्यपालक अधिकृत रोमलालले सामाजिक उत्तरदायित्वबोध गर्न सबैलाई अनुरोध गरेका छन । सबैको साथ र सहयोगबाट नै यस सङकटसंग जुध्न सकिने उनले बताए । यस्तो महामारीको बेलामा सहायोग गर्नु सबैभन्दा ठुलो धर्म हुने बताउदै सबैलाई सहयोगका निम्ति अपिल समेत गरेका छन ।