आइतवार, असार २१, २०७७

भुमिकास्थान-६ खिल्जीको क्वारेन्टाइनमा रहेका ६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

तिलक राम बन्जाडे, अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं-६ खिल्जी स्थित शान्ती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

भारतबाट फर्किएका ६ जनालाई जेठ २ गते शान्ती माध्यमिक विद्यालय खिल्जी-६, बेल्बोटको क्वारेन्टाइनमा राखिएको थियो । परदेशबाट फर्किएका व्यक्तीहरुमा कोरोना संक्रमण हुने संभावना देखिएपछी जेठ ७ गते जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कपिल गौतमको रोहवरमा उनीहरुको स्वाब संकलन गरि कोरोना परिक्षणको लागि भैरहवा पठाइएको थियो ।

हाल शान्ती माविको क्वारेन्टाइनमा ५० जना व्यक्तिहरुलाई राखिएको भुमिकास्थान नगरपालिका वार्ड नं- ६ का वडाध्यक्ष झबिलाल बन्जाडेले बताए ।