आइतवार, अशोज ७, २०८०

Ratopress

Advertisment

SKIP THIS

कोरोना भाइरस जोखिमप्रति शितगंगा ९ को सतर्कता (भिडियो अन्तरर्वाता सहित)

अर्घाखाँची । पछिल्लो समय छिमेकी देश भारतबाट नेपाल फर्कनेहरु बढे सँगै शितगंगा नगरपालिकामा उच्च सतर्कता अपनाईएको छ । नाकामा अलपत्र आफ्ना नगरबासीको उद्धार तथा व्यवस्थापनमा नगरपालिका सँगै वडाहरू पनि अगाडि बढेका छन् ।

भाइरसको जोखिम बढेसँगै शितगंगा नगरपालिका वडा नं. ९ ले पनि कोरोना नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन सुरु गरेको हो । वडाले स्थानियसंग समन्वय गरी क्वारेन्टाईन स्थापनामा सक्रियता देखाएको छ।

रातोप्रेसको विशेष रिपोर्टमा बोल्दै वडा अध्यक्ष भिम केसीले प्राणघातक कोरोना भाइरसको संक्रमणबाट वडा पनि उच्च जोखिममा रहेको भन्दै वडाले उच्च सतर्कता अपनाएको बताएका छन ।

छिमेकी जिल्लाहरुमा कोरोना भाइरस देखिएपछि वडाले पनि उच्च सतर्कता अपनाउन पर्ने भएकाले अब सोको लागि तयारी गरिएको अध्यक्ष केसीले बताए। उनले भने, ‘उद्धार पछिको कार्य क्वारेन्टाईनको तयारी गर्नु हो, न्यूनतम मापदण्ड अनुसारको क्वारेन्टाईनको निर्माणमा अगाढी बढेकाछौँ ।’

भिडियो हेर्नुहोस :