
(कोरोना अस्पताल निर्माण हुने विषयमा नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष गोपाल बन्जाडेसंग गरिएको कुराकानी ।)
दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका भित्र ५० बेडको आइसोलेसन सेन्टर निर्माणले खुसी बनाएको लामो समय सम्म चन्द्रौटा बजारमा अकुपन्चर सेवा संचालन गर्दे आएकाविराज नगरपालिकाका स्थायी बासिन्दा तथा नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष गोपाल बन्जाडेले कोरोना संक्रमणको जिल्लामा बढदै गएकोले आफनो फेशबुकमा स्टास्ट राख्दै चन्द्रौटा क्षेत्रमा अस्पताल निमार्णमा सबै युवाहरुलाई जुटन आहवान गरेका थिए ।
अहिले जिल्लामा रहेको डि.सी.सी.एम.सी. को निर्णय अनुसार शिवराज नगरपालिका अगाडी रहेको नलकुपको जग्गामा ५० बेडको आइसोलेसन सेन्टर बनाउने विषय शिवराज बासीले स्वागत योग्य निर्णय भनी नगरपालिका र प्रदेशलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
अस्पाताल बन्ने ठाँउ कतिको उपुक्त छ ?
– अस्पताल निमार्णका लागि ठाँउ अत्यन्त उपयुक्त रहेको अस्पताल निमार्ण केवल शिवराज नगरपालिकालाई नभई दाड्गका केही भाग वा लमही देखि पुर्व प्युठान रोल्पा अर्घाखाँची को सदरमुकाम देखि दक्षिण तर्फका समपुर्ण का लागी महत्पुर्ण केन्द्रको रुपमा चन्द्रौटा बजार विकसीत हुदै गएको छ ।
सबै कुराको सुल्वता संगै स्वास्थ्य क्षेत्रमा धैरे पछाडी परेको हामी सबैले महशुस गरेका छौ । त्सकारण मलाई लाग्छ यो हाम्रो लागी एउटा अवसर पनि हो । यस क्षेत्रका धैरे जसो सामान्य स्वास्थ्य समस्याका लागी हामी बुढवल वा भारत जाना हामी बाध्य छौ ।
अस्पतालको वियषमा पटक, पटक आवाज उठेपनि राजनिति खिचातानीले गर्दा हामी सफल हुन सकेनौ तर अब जसरी पनि बनाउन पर्छ । यसका लागी शिवराजका सबै युवा एक जुट हुन जरुरी छ ।
अस्पताल निमार्णका लागी जग्गा कस्तो छ ?
– अस्पताल निमार्णका लागी जग्गा एकदम उपुक्त स्थान रहेको छ । राजमार्ग नजिकै भएकोले यातायातको सुविधा पनि राम्रो छ । अस्पताल निमार्णका लागी प्याप्त जग्गा भएकोले अस्पताललाई उपयुक्त छ ।
शिवराज नगरपालिकामा अहिलेसम्म अस्पताल किन बन्न सकेन ?
– शिवराज नगरपालिकामन अहिलेसम्म अस्पताल संचालन हुन नसक्नुको मुख्य कारण भनेको स्थानीय जनता जनप्रतिनिधि स्थानिय स्वास्थ्य प्रति चासाे नहुने र स्वास्थ्य क्षेत्रमा राज्यकाे उचित लगानी नहुनु कारण हाे । स्थानिय स्तरमा जननिवाचित प्रतिनिधिहरुकाे स्वास्थ्यकाे क्षेत्रमा दखल नहुनाले चन्द्राैटा जस्ताे व्यवसायिक केन्द्रमा अस्पताल नहुनु ठुलाे दुर्भाग्य हाे । अस्पताल स्वास्थ्य सग प्रत्यक्ष सराेकार हुने विषय भएकाेले सर्वप्रक्षीय निर्णय वा आपसी सहमती जुटना नसकेकाेले अस्पताल बन्न सकेन । अब सरकारकाे आफनाे लगानीमा अस्पताल बन्दैछ याे कुरा हामी सबैका लागी हाे भन्ने भावना जागे यस कार्यले सार्थकता पाउन सक्छ ।