शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

महादेव पोखरेलकाे अध्यक्षतामा ७ सदस्यीय अस्पताल निमार्ण समित गठन

चन्द्राैटा । कपिलवस्तुको शिवराज नगरपालिकामा ३ जना संक्रमित भेटिएसँगै शिवराजराजका नगर प्रमुख नेत्रराज अधिकारीले शिवराज नगरपालिकामा रहेकाे नलकुपकाे जग्गामा ५० बेडकाे आइसोलेसन सेन्टर निमार्णमा आफनो सक्रियता बढाएका छन ।

शिवराज नगरपालिकापा वाड नं. ५ चन्द्रौटामा रहेको नलकुपको जग्गामा कोरोना आइसोलेसन सेन्टर निर्माणका लागि शिवराज नगरपालिककाे आर्थिक सहयोगमा समन्वय र सहयोगका लागि हिजो सोमबार सर्वपक्षिय बैठक नगरपालिकाको कार्यलयमा बसेकाे थियाे । बैठकले महादेव पोख्रेलको अध्यक्षतामा ७ सदस्यीय आइसोलेसन निर्माण उपभोक्ता समिती गठन गरेकाे छ । बैठकले रबि दत्त मिश्रकाे स‌योजकत्म ३ सदस्य अनुगमन समिती समेत गठन गरेको छ ।

बैठकमा नगरप्रमुख नेत्रराज अधिकारीले शिवराज नगरपालिकाले हालसम्म गरेको कृयाकलाप र प्रगतिको बारेमा जानकारी गराउदै सहयोग गर्ने सबै दल, संघसंस्था, कर्मचारी, स्वास्थ कर्मी, सुरक्षा कर्मी, पत्रकार र आम शिवराजबासीलाई धन्यवाद दिए ।

उपभोक्ता समितिका अध्यक्ष महादेव पोख्रेलले आफुलाई विश्वास गरि यस्तो सामाजिक काममा निर्माणको जिम्मा दिएकोमा सबैलाइ धन्यावाद दिदै सबैको आशालाइ व्यवहारमा छिटो भन्दा छिटो कार्यन्वयन गरि छाडने विश्वास व्यक्त गरेका छन ।