शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

कोरोना पछिको अर्थतन्त्रमा लघुवित्तको भुमिका

झबिन भण्डारी ।
बुद्धभूमी, कपिलवस्तु ।

३ दशक भन्दा पहिले देखि नै दुर्गम विकट निर्धन जनता बिचमा पुगेर उनिहरुलाइ आर्थिक क्रियाकलापमा सरिक गराउने प्रमुख साधन नै लघुवित्त संस्था नै हो। राज्यको कुनै सुबिधा र साक्षरता नभएको बस्ती बस्ती मा आर्थिक क्रियाकलाप सिकाउने नै लघुबित्त हो । अझ भनौ अहिलेको कमर्सियल बैकको जग अथवा बैक प्रतिको ग्राहकको जनचेतना उठाउने नै लघुबित्त सस्था नै हो।

जब देश शान्ति प्रकृमा आइसकेपछि राज्यले सहकारी सस्थालाई प्राथमिकतामा ल्यायो तर त्यो भन्दा दशक पहिले देखि नै लघुबित्तहरुले ग्रामीण भेगमा आफ्नो कार्यबिस्तार गरेर जनतालाइ आर्थिक कारोबारमा सुसुचित गराइसकेको थियो । तर बिडम्बना नै भन्नू पर्छ जन्म भएर छोरो ठूलो भएपछि म यस्तै जन्मिएको जस्तो हिजोको ३ दशक अगाडिको कहालिलाग्दो स्थितीमा लघुबित्तले पुर्याएको योगदान न त ग्रामीण स्तर न त राज्य । अझ भनौ नीतिनिर्माता गर्ने स्तर बाट पनि लघुबित्तलाई ब्यबस्था गरिएको छ। आखिर समाजलाई दिएको यति ठूलो योगदान को कदर हुनुपर्दैन र ?

अहिले विश्व कोरोना भाइरसको कारण अस्त ब्यस्त छ नेपालमा समेत दिनानुदिन सङ्क्रमण बढ्दो छ । बिदेशमा अझ खाडी मुलुकमा गएका लाखौ युवाहरुको जागिर गुमेर स्वदेश फिर्ता हुने देखिन्छ एक तथ्यांकले २० लाख युवा स्वदेश फर्किने बताएको छ । अब यत्रो सङ्ख्यामा युवा स्वदेश फर्किए भने उनिहरुलाइ ब्यबस्थापन गर्न न त राज्यले उचित ब्यबस्था मिलाउन सक्ने ठोस नीति छ न त अन्य कुनै निकायले नै ब्यबस्थापन गर्न सक्छ ।

प्राय ति युवा जमात सुसम्पन्न भएर बजारमुखी अबस्थ होइन्न आफ्नो दैनिक गुजरा चलाउन गएका धेरै जस्तो युवा फर्किने उहीँ आफ्नो घर अझ ग्रामीण ठाउँ मा हो। यसरी बिदेश मा जागिर गुमाएर फर्किएका युवा हरु तत्काल बिदेश जाने अबस्था छैन गाउँ घरमा २-४ लाख लगानी गरेर केही गरौ भन्ने इच्छा आउदा अहिले लगानीको लागि समेत पुजिको अभाब अबश्य पर्ने छ त्यो अबस्थामा हजारौ को युवा हरु प्रत्येक गाउँ मा फर्कदा पक्कैपनी त्यहाको पुजिपती अझ भनौ त्यहा स्थानीय सहकारी सस्था हरुले उनिहरुलाइ करोडौको लगानी गर्न सम्भब छैन त्यो पुजि त्यो ठाउँमा जुटाउन प्राय असम्भब नै छ । यो अबस्थामा स्थानिय निकायले प्रत्येक युवालाइ लगानी गर्ने कुरै आउदैन, कमर्सियल बैकहरुको कार्यक्षेत्र त्यो दुर्गम बस्ती भित्र पर्दैन परिहाल्यो भने पनि उसको मुल्यांकनले केही भेट्दैन । अब यो अबस्थामा ती लाखौ युवाको गुमेको जागिर र गाउँ मै केही गर्छु भन्ने लगानिकर्ता भनेको लघुबित्त सस्था नै हो।

प्रत्येक गाउँ गाउँमा सामुहिक जमानी वा ब्यत्तिगत धितो कारोबार सहज र सुलभ तवर ले प्रवाह गर्ने सस्था नै लघुबित्त हो । अहिले पनि प्राय वैदेशिक रोजगार मा गएका परिबार हरु का सदस्य हरु मध्ये अधिकाश लघुबित्त मा आबद्द नै छ त्यसले गर्दा नि ती युवा बर्ग लाई सहज तवरले पुजि प्राप्त गर्न सजिलो हुन्छ। यो भनिरहदा हाल लघुबित्त मा देखा परेका कयौ समस्याहरु अब नीतिनिर्माण गर्ने निकाय स्थानिय सरकारले समेत पहलकदमी गर्न सके लाखौ युवाहरुलाइ देशमै कृषि लगायत अन्य पेशामा लगाएर आर्थिक बिकास मा टेवा पुर्याउन सकिन्छ ।

१) बिदेश बाट फर्किएका युवाहरुलाइ तत्काल उनिहरुको क्षमता अनुरुपको तालिमको ब्यबस्था स्थानिय सरकार ले सस्थासग समन्वय गरि सस्थाको लगानीको लागि जमानत बस्दिने ।

२) अहिले पनि लाखौ सङ्ख्यामा त्यस्ता कर्जा लगेर आनाकानी गरेर कर्जा तिर्न सकरात्मक नदेखिएका सदस्य लाई वर्गीकरण गरेर स्थानीय निकायबाट समेत पहल गर्ने जहाँ वर्गीकरण मा समेत उसको आम्दानी राम्रो रहेको सम्पती भएको तर सस्थाको पैसा नतिरेको र कुनै भैपरी परेर उसको अबस्था नाजुक भएका यसरी कर्जा लगेका तर नतिरेका वा तिर्न आनाकानी गरेकोलाई वर्गीकरण गरि कर्जा तिर्न सक्ने तर कर्जा नतिर्नेलाई तत्काल कार्बाहिको लागि पहल गर्न सकिए करोडौं रकम असुली हुन सक्छ जसले सयौ युवा हरुलाइ अझ लगानी गरेर स्वरोजगार गराउन सकिन्छ।

३) परियोजनाको वर्गीकरण गरेर ब्याज असुलिसगै त्रेमासिक र बार्सिक कर्जालाई अझ प्रभाबकारी गराउने ।

४) राज्यको अनुदान कर्जा समेत लघुबित्त माध्यबाट प्रवाह गराउने ब्यबस्था मिलाउने ।

५) हाल प्रवाह गर्दै आएको कर्जा सिमा परियोजना अनुरुप २० लाखसम्म गराउने ।

६ ) हाल लघुबित्त को सङ्ख्या धेरै छ यस्तोमा केही क्षेत्र छुट्टाएर काम गर्न सकिन्छ । धेरै लघुबित्त लाई मर्ज गर्ने अझ सकारात्मक नीति ल्याउनु पर्छ जसले गर्दा लघुबित्त सस्थाको स्थिती अझ मजबुत हुन सक्छ।

लाखौ विदेशमा रोजगार गुमाएका युवाहरुलाइ आफ्नै गाउँ ठाउँमा प्रयाप्त लगानी गरेर उनिहरुलाइ स्वरोजगार गराउने कार्यमा सबैभन्दा अग्रपंक्तिमा लघुबित्त हुन सक्छ तसर्थ सम्बन्धित सम्पुर्ण निकाय हरुले यहि समयमा नितिनिर्माण गर्न सके देशको अर्थतन्त्र केही हदसम्म बचाइराख्न र लाखौ युवालाइ रोजगार निर्माण गर्न सक्छौ।

यसरी नेपालको पिछडिएका बिकट गाउबाट दुई जना कर्मचारीबाट सुरुवात इतिहास बोकेको लघुवित्त आज देशको ७७ जिल्लामा विस्तार सहित हजारौं शाखा, हजारौं कर्मचारी, लाखौ ग्राहक र अरबौ लगानी सहित एक विशाल उधोगका रुपमा स्थापित भइ लाखौ लगानी कर्ता, हजारौ कर्मचारी र लाखौ स्थानिय बिपन्न ग्राहक वर्गको परिवार आश्रति भै बाच्ने जिवन सहराको रूपमा स्थापित र अरबौ राजस्व सरकारमा जम्मा गरि योगदान गरेको यस क्षेत्रलाइ यस परिस्थितिबाट निरन्तर र निर्वाद सेवा को लागी स्थानिय बुद्धिजीवी, तिन तहका सरकार, पत्रकार र सबै सरोकार वालाले सहज समन्वय गरि ब्यबस्थित रुपमा अगाडि बढाउन हातेमालो गर्नुपर्ने देखिन्छ ।

(लेखक भण्डारी निर्धन उत्थान लघुवित्त संस्थामा कार्यरत कर्मचारी हुन । )