शुक्रबार, साउन २३, २०७७

विपतमा देश र जनताका लागि काम गर्न अनुरोध गर्दै सर्जक खेम सेन्चुरीले देशभक्ति गीत निकाले (भिडियो सहित)

शिव खनाल / रातोप्रेस डटकम ।

लोकप्रिय गायक तथा सर्जक खेम सेन्चुरीको आवाजमा रगत उम्लने गित सार्वजनिक भएको छ । थुप्रै गितहरुबाट चर्चामा आउन सफल गायक खेम सेन्चुरीले अहिले हाल देशमा फैलिरहेको (कोभिड -१९) र छिमेकी देश भारतद्वारा नेपाली भुमी मिचिएको बारे गित गायका छन जुन गित अहिले युटुब देखि सामाजिक सन्जाल फेसबुकमा पनि उत्तिकै चर्चामा आउन सफल छ ।

शब्द शब्दमा स्वाभिमानी झल्कायका छन नेत्र अर्यालले भने उनै शब्दलाइ मीठो लयमा परिमार्जन गरेका छन उहीँ गायक खेम सेन्चुरीले भने उक्त गितलाइ रेकर्ड अनि मिक्सिङ्ग गरेका छन खडक बाजुरालिले ।

उक्त गितलाइ शुभारम्भ डिजिटल म्युजिक बाट सार्बजनिक गरियको हो भने शम्भु कुवरले निर्देशन गरेका छन भने कमल सर्गमले उक्त गितको छायांकन गरेका छन र सम्पादन भने मनोज कार्किले गरेका छन ।

हालको अवस्था हेरि उक्त गितलाइ रेकर्डिङ स्टुडियोमा नै सुटिङ्ग गरिएकाले कुनै मोडललाई नराखिएको हो ।

भिडियो हेर्नुहोस :