शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

मदन-आश्रितको २७ औँ स्मृति दिवस, कोरोना महामारीले औपचारिक कार्यक्रम भएनन्

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवस आज (शनिबार) मनाइयो ।

कोरोना महामारीका कारण यस वर्ष नेपाल कम्युनिष्ट पार्टीले मदन आश्रित स्मृति दिवसमा कुनै औपचारिक कार्यक्रमको आयोजना गरेन । दुई वर्षअघि आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।

२०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो। रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन ।

दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय भएको हो । भण्डारी र आश्रीतको मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिन्छ ।

बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण छ।