शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

१३ नं. वडाले सुत्केरीलाई पौष्टिक आहार तथा नगद प्रदान

अर्घाखाँची।अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ वडा कार्यालय सुत्केरी महिलाहरुका लागि साहारा बनेको छ । वडाले वडा भित्रका सुतकेरी महिलाहरुलाई पौष्टिक आहार संगै नगद पनि प्रदान गरेको छ । उनिहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै १÷१ क्यारेट अण्डा सहित नगद रु २ हजार वितरण गरिएको वडा अध्यक्ष दुर्गा बहादुर विसीले बताएका छन् । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी १६ जना सुत्केरी महिलाहरुलाई सो सामाग्री वितरण गरिएको थियो । पौष्टिक आहार तथा नगद पाएपछि सुत्केरी महिलाहरुले खुसी व्यक्त गरेका थिए । सुत्केरी महिलाहरु पोषण खानेकुराबाट बञ्चित हुन नपरोस भन्दै आमा र शिशुको स्थ्यका लागि टेवा पुग्ने उद्देश्यले सो सामाग्री वितरण गरिएको बताईएको कार्यक्रमलाई उदृत गर्दै संचारकर्मी अनिता क्षेत्रीले जानकारी दिएको यो खबर लुम्बिनी दपर्ण अनलाईनमा प्रकाशित छ ।