शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

बद्रि पंगेनीले गीत गाए भारतीय विस्तारवादको विरुद्ध (भिडियो सहित)

रातोप्रेस डटकम सवांददाता / शिव खनाल ।

आफ्नो नाम जनजनको मन मस्तिष्कमा छाप पार्न सफल भएका गायक बद्रि पंगेनीको परिचय दिन सायद धेरै व्याख्या गर्नु पर्दैन जस्तो लाग्छ, उनको नामै काफी छ ।उनलाई धेरैले जनता गायक भनेर चिन्छन् ।

उनले गाउने गीतहरु केवल माया पिरतीका मात्र स्वर हुदैनन, कहिले जन्मदिने आमा प्रति, कहिले नेपाल आमाप्रति समर्पित गितहरु गाएर उनी सबै नेपालीहरुको मनमनमा बस्न सफल भएका छन । त्यती मात्र होईन विश्वव्यापी रुपमा महामारीको समयमा नेपालको भूभाग समेत कब्जा गर्न पछि नपर्ने विस्तारवाद विरुद्ध पनि खबरदारी पूर्ण गीत गाउन भ्याएका छ्न ।

कोरोनाको महामारीको चपेटामा परेको यस्तो संवेदनशिल समयमा नेपालको भुभाग मिचिदा पनि त्यस्का विरुद्ध चुईक्क बोल्न नसक्ने नेता र नेतृत्वकलाई समेत झकझकाएका छ्न । चुनाव तथा प्रतिपक्षमा रहदाँ सम्राज्यवाद र विस्तारवादको नारा घन्काउने, भाषणमा राष्ट्रवाद देखाउन खोज्ने नेपाली राजनितीज्ञ माथि उनले प्रहार गरेका छ्न ।

गीतमा सिमा मिचिदा पनि बोले जस्तो गर्ने नेपाली नेतागत प्रवृत्ति, व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा केही सुधार नआएको कुरा जागजायर गरेका छ्न । जन चाहना अनुसार काम नभएको कुरा उठान गर्दै नेता र नेतृत्वलाई खबरदारी गरिएको छ ।

शिखर गजरकोटेको सृजना र विरहीको संगीत संयोजन रहेको यो प्रगतिशील भिडियोमा बद्री पंगेनी, धर्मराज पोखरेल, दिपेश पोखरेल लगायतले अभिनय गरेका छन । खेम थापा मगरले छायांकन गरेको भिडियोको सम्पादन तथा निर्देशन बिनोद बमले गरेका छन ।