शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

“कमरेडहरु” ! पी.एम. रोजाैं कि पार्टी राेजाैं !

निर्वाचन पछि बनेको सरकारको आयु तिन वर्ष पुग्नतिर लागेको छ । यो अवधिमा सरकारका कार्य शैली ,व्यवहार र उस्को दृष्टिकोण बारे बुझ्ने अवसर सबैलाई प्राप्त भएको छ । स्थिति सामान्य रहदा सम्म पार्टी र सरकार चलिरहेकै थियो, मन्त्री राख्ने, थप्ने वा झिक्ने वहाँहरुकै आन्तरिक विषय हुन्थ्यो अन्यले खासै चासो र चिन्ता लिनु आवश्यक थिएन ।

विविध घटना क्रम हुँदै जब सरकार संविधानको मुलमर्म र भावना माथी नै बलात्कार गर्ने उद्देश्यका साथ दुई अध्यादेश मन्त्री परिषदबाट निर्णय गरेर अगाडि बढ्यो, तपश्चात सत्ता पक्षको पार्टी र त्यस्को सरकारको नेतृत्व बारे बहस बाहिर आएको छ । तीन वर्षको अनुभवले बताउँछ कि सरकारको नेतृत्व गर्ने केपि ओलिजिका विचारहरु हाम्रा मान्यता र विचारहरुसगँ मेल खाइरहेका छैनन् ।

हामिले अहिलेसम्म पढेको जानेको र अनुभव गरेको विधि र पद्धति भनेको सरकार भनेको पार्टीको एउटा मोर्चा हो । त्यो मोर्चाको जिम्मेवारी लिने भन्ने कुरा पनि पार्टीले नै निर्धारण गर्दछ र आवश्यक ठानेमा नेतृत्वको अदलाबदली गर्ने काम पनि पार्टीले नै गर्दछ। त्यसलाई हामी जनवादी केन्द्रियता भन्दछौं । यो विधि अनुसार व्यक्ति गौण हुन्छ, संगठन प्रमुख र पार्टी प्रमुख हुन्छ र सरकार गौण । हरेक निर्णयहरु पार्टीले नै गर्ने गर्दछ र सोही निर्णय अनुसार हरेक मोर्चामा काम गर्ने गरिन्छ ।

सरकारले राम्रो काम गर्यो भने त्यस्को श्रेय पार्टीलाई जान्छ, खराब काम गर्यो भने दोषको भारी पनि पार्टीले बोक्नु पर्दछ । तर प्रधानमन्त्री ओलिजिले यो मान्यतामा विश्वास गरेको देखिदैन, वहाँ पार्टी नीति, विधि र पद्धति भन्दा बाहिरबाट सरकार चलाउने कोसिस गरि रहनु भएको छ । पार्टी भन्दा आफुलाइ माथी ठान्नु भएको छ । वहाँ व्यक्ती प्रधानको मान्यताबाट चल्ने कोशिश गर्नु भएको छ भने पार्टीले संगठन प्रमुख व्यक्ति गौण भन्ने मान्यताबाट चल्न पर्ने सोचाइ राखेको छ । यहि दुई चिन्तन, दुई विचार, दुई दृष्टिकोण र दुई पद्धतिको विचको टक्कर नै अहिले देखा परेको समस्या हो । जब समस्याहरुलाइ सामुहिकतामा हल गरिदैन, जब कमिटी प्रणालीबाट निर्णयहरु लिइदैन , त्यसपछि समस्या गम्भीर बन्न पुग्दछन । जहाँ व्यक्तिगतरुपमा निर्णय हुन थाल्दछन्, तपश्चात ती निर्णयहरुमा अपनत्व लिने नैतिक दाइत्व बन्दैन । परिणामत: असन्तुष्टिहरु, मतभेदहरु कमिटीमा आउनुको सट्टा छरपस्ट बजारमा आउन थाल्दछन् ।

तर अब यो प्रक्रियाबाट धेरै समय जान सकिदैन,यो तरिकाले हाल टार्न त सकिएला तर काल टार्न सकिदैन भने जस्तै यो अराजकतावादको महा नमुना हो। जनवादी केन्द्रियताले यो कुरा मान्दैन, अब दुई मध्ये एक धारमा केन्द्रित हुन जरुरी छ पहिलो : सरकारले चालेका हरेक कदमहरु ठिक छन्, नेतृत्वका विचार र पद्धति हरु ठिक छन् भन्ने यहाँहरुलाइ लाग्दछ भने दृढताका साथ सरकार र नेतृत्वको वरिपरि गोलबन्द हुनु होस, सरकार र त्यसको नेतृत्वका विरोधमा उठेका विचारहरुलाई एउटै स्वरले विरोध गर्नु होस्, होइन नेतृत्व गलत दिशा तिर गई रहेको छ र त्यस्ले दुघटर्ना निम्ताउने निश्चित छ भने नेतृत्वलाई सच्चाउने, सगंठानात्मक विधिमा ल्याउने, आवश्यक परे नेतृत्व परिवर्तन गर्ने सम्मको हिम्मत राख्नु पर्दछ। नेतृत्व भनेको “गाउँ शहर भरी मेरि श्रिमति चरीत्रहिन छिन भन्दै विज्ञापन गर्दै हिंड्ने अनि बेलुका उनै श्रीमती सँग शहवास गर्ने हुतिहारा लोग्ने, जस्तो हुनुहुदैन। पार्टी काइते कुरा गरेर चल्दैन, मिलि हाल्छ, भइ हाल्छ, सबै ठिक छ भन्ने र बिरामीको घरमा गएर स्वास्थ लाभको कामना गर्नु सामान्य औपचारिकता मात्रै हो।

त्यत्तिले बिरामीलाई सञ्चो हुदैन, बिरामीलाई जुरुक्कै उठाएर अस्पताल लैजाने र आवश्यक परे अपरेसन र कुनै अंग काट्न परे पनि काट्ने हिम्मत हुनु पर्दछ। गाउँमा आगो लाग्यो भनेर हजारौं मान्छेहरु गुहार गुहार भनेर चिच्याएर मात्र आगो निभ्दैन, तुरुन्तै दमकल बोलाउनु पर्दछ । ठिक त्यस्तै पार्टी एक ढिक्का रहनु पर्दछ भनेर चिच्याएर मात्रै केहि हुदैन, जबसम्म पार्टीलाई एक ढिक्का राख्ने जनवादी केन्द्रियताको विधि मार्फत व्यक्ति प्रधान मान्ने चिन्तन प्रणाली माथी जबर्जस्त प्रहार गरेर संगठन र कमिटी प्रधान हो भन्ने मान्यतामा आइपुगिन्न तब सम्म जसरी हजारौं देवि देउरालीको भाकल गरे पनि डाक्टर कहाँ नपुगे सम्म बिरामी बचाउन सकिँदैन ,ठिक त्यसरी नै हामी हजारौं लाखौंको संख्यामा रहेको पार्टी किन नहोस जब सम्म विधि र प्रक्रियाबाट समाधान खोज्ने कोशिश गरिदैन तब सम्म लाखौं चिन्ता, पिरलो, आक्रोश , असन्तुष्टिले केही काम गर्ने छैन ।

क. लेलिनले एकपटक भन्नू भएको थियो “बाटोमा जादा जाँदै डाकुहरु फेला परे भने के गर्ने ! बुद्दिमानि यहि कुरामा हुन्छ कि आफुसगँ भएको सबै नगद वा जिन्सी डाकुलाई बुझाउने र ज्यान बचाउने, तपश्चात ज्यान बाचे पछि बल्ल डाकुहरुको बारेमा योजना बनाउने ” ठिक त्यस्तै अहिले हामिकहाँ पनि पार्टी र सरकार मध्ये के रोज्ने भन्ने प्रश्न आएको छ । पि. एम. लाई हटाएर पार्टीलाई विधि पद्धति मार्फत अगाडि बढाउने वा सर्वसत्तावादको विचार बोकेका पि. एम . सगँसगैं अगाडि बढ्ने र दुर्घटना ब्यहोर्ने! बुद्धिमानि पुर्वक निर्णय गर्नुहोला । सबैले यसरी नै सोच गर्दा कसो होला । सबैको भलो होला कि ! आगे यहाँहरुको जो विचार ।

विष्णुहरि शर्मा : (२०७० सालको निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्य पदका उम्मेदवार)