मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

सिमा बिवादमा भारतसँग छ्लफल गर्न सक्ने नेतृत्व नपाउनु नेपालको दुर्भाग्य हो

केशवराज खनाल
बुटवल – १३, रुपन्देही


इतिहासलाई पल्टाउदै जाने हो भने नेपाल भारतको सिमाबिवाद धेरै पहिलेदेखी नै भेटिन्छ । तरपनी अहिलेसम्म पनि यो बिवादलाइ सुल्झाउन नसकेको कारणले नेपाललाइ भारतले हेपाहा प्रवृत्ति देखाएको छ ।अहिलेसम्मपनि कसैले त्यो बिवादलाइ गम्भीरताका साथ लिएको पाइदैन । यो बिवादलाई प्राथमिकता साथ भारतसँग छ्लफल गर्न सक्ने नेतृत्व अहिलेसम्म नेपालले नपाउनु पनि ठूलो दुर्भाग्यपूर्ण हो।

नेपालले धेरै सामाग्रीहरु भारत बाट आयात गर्दै आएको छ तर त्यस बाट प्रत्येक्ष रुपमा फाइदा त भारतलाइ नै छ हामिले किनेर ल्याएका छौ ।

देशको नेतृत्वमा पुग्ने मान्छेलाई जबसम्म यो देश मेरो हो यसको रक्षाका लागि म कुनैपनी बार्गेनिङ गर्नु हुदैन भनेर निस्वार्थ देशको सेवा गर्नु कर्तव्यबोधको अनुभूति नहुनु खराब नियतका मानिसको हातमा देश्को नेतृत्व हुनु यस्ता धेरै कुरासँग यो बिसय जोडिएको हुन्छ भनिन्छ असल छिमेकी भएन भने जति प्रयास गर्दापनी कुनै काममा सफलता प्राप्त गर्न सकिँदैन कुनै न कुनै लफडा भै रहन्छ ।

कालापानी र लिपुलेक सहित नेपाल भारत सिमाका लगभग ७२ ठाउँमा बिवाद छ । नेपाल भारतसङ्ग करीब २६ वटा जिल्ला सङ्ग सिमाना जोडिएको छ २३ भन्दा धेरै जिल्लामा सिमा बिवाद छ । जम्मा ३ वटा जिल्लामा सिमा बिवाद छैन दार्चुलादेखी ताप्लेजुङ सम्म भारतले करीब ६० हजार६ सय २७ हेक्टर मिचेको अनुमान गरिएको छ । भाइचाराको समबन्धको फाइदा उठाउदै भारतले नेपाललाइ भाइ माराको व्यबहार देखाउदै आएको छ ।

भुकम्पले थिचेको बेला भारतले नाकाबन्दी लगाएकै हो अनि कोरोनाले त्रास सृजना गर्दा नेपाली भुमिमा बाटोको उदघाटन गरेको छ अनेक बहानामा हामी नेपालिलाइ सताउदै आएको छ जति नेपाली रोजगारीको लागि भारतमा छन त्यतिकै सङ्ख्यामा नेपालमा पनि भारतिय नागरिकपनि नहोलान भन्न सकिँदैन ।

इतिहासलाई अध्यन गर्दा भारतले सन १८५६ देखि नेपालको सिमा मिच्न थालेको भेटिन्छ । असमान सुगौली सन्धिमा कालिनदिलाइ नेपालको सिमा मानेको भेटिन्छ तर भारतले अनेक प्रपन्च रच्दै त्यो भन्दा करीब ३० किलोमिटर पुर्वतिर कृतिम कालिनदी निर्माण गरि नेपाललाइ भ्रममा पार्दै नेपालको स्मारिक क्षेत्र कालापानी लिपुलेक लिम्पियाधुरालाइ भारत तर्फ बनाउन खोजेको देखिन्छ र एकतर्फी रुपमा अन्तर्राष्ट्रिय सिमा नियमबिपरित बिवादित क्षेत्रहरू आफ्नो देशमा राख्दै नया नक्सा सार्वजनिक गर्यो ।

यसरी भारतले नेपालको भुभागलाइ समेटेर नक्सा सार्वजनिक हुदासम्मपनी नेपाल सरकारले बिरोध पत्र बाहेक अरु कुनैपनी कदम नचलाउने नियतमै प्रसस्त संकाको बिसय बनेको छ मुलुकको सार्वभौमता माथी प्रहार हुदासम्म कुनै कदम नउठाउनु कतै हाम्रो नेतृत्वको सहमतिमा भारतले आफ्नो काम अगाडि बढाएको त हैन ?

नेपालमा राजनितिक दलहरु सदै भरी सत्ताको लागि मात्र मरिहत्ते गरिरहेका छन आपसी बिवाद दिनदिनै सत्तामा मात्र केन्द्रित हुदा कहिले पनि देशको हितमा एकजुट हुन सकेनन भनिन्छ दाजुभाइ एकाआपसमा मिलेनन भने अरुले हेप्छन । नेपालका राजनितिक दलहरुको जुँघाको लडाइँको कारण भारतले नेपाली भुमिलाइ निरन्तर रुपमा मिचिरहेको छ जनताको अगाडि नेताले भारतको धेरै बिरोधि भासण सुनाउदै हिडे कुनै दलले भारतबिरुद्व सुरुङ्ग युद्ध गर्छौ भने तर जब सत्तामा पुग्छन अनि आफ्नो पहिलो बिदेश भ्रमण भारत बाटै शुरूवात गर्दछन । कमसे कम भारतले जबसम्म सिमा बिवाद सुल्झाउन सहयोग गर्दैन तब सम्म हामी भ्रमणमा आउदैनौ भन्न किन डराउन्छन हाम्रा नेताहरु ?

नेपाल भारत १८७२ किलोमीटर सिमारेखा मध्येमा भारतको तर्फ हरेक ४ किलोमीटरमा एस एस पि सुरक्षाकर्मी २५ जनाको दरले राखेको छ तर नेपालतर्फ सुरक्षाकर्मीको उपस्थिति धेरै कम क्षेत्रमा सिमित छ । खुला सिमानाका कारण हरेक बर्ष सिमानामा धेरै अबैध कारोबार अपराधिक घटनाहरु घटिरहेको हुन्छ । नेपाली सुरक्षाकर्मीको न्यून उपस्थितिको कारण सिमानामा बसेका नेपालिहरु हरेक दिन पीडित छन बिना हतियारका सिमा सुरक्षागार्डको काम गरेका छन ।

अब नेपालले पनि सिमानामा हरेक ५ किलोमीटरमा सिमाना सुरक्षाकर्मिको उपस्थिति गराउनु पर्दछ खुल्ला रहेका सिमानालाइ तारबारको अनिवार्य गर्नै पर्छ । नेपाल भारत आवत जावत गर्ने मानिसको अनिवार्य परिचयपत्र लागू गर्नुपर्छ यति काम गर्न के गारो छ । नेपाल सरकारलाई यदि नेपालको भुमी जोगाउने हो भने यो तुरुन्तै लागू गर्ने निर्णयमा सरकार पुगोश हरेक नेपालिले सरकारमाथि सहयोग गर्दै श्रमदान गर्ने छन र नेपालको भुमी मिच्ने आट भारतले कहिले पनि गर्न सक्दैन यदि खुल्ला सिमाना नभएको भए अहिले कोरोना यसरी फैलिने पनि थिएन ।

लिपुलेकको बारेमा सरकारले गम्भीर हुँदै सबै राजनितिक दल लगायत सम्पुर्ण नेपाली नागरिक एक कित्तामा उभिएर कुटनैतिक पहलमा लिपुलेक सहित सबै बिवादित क्षेत्रमा सिमाबिवाद टुङ्गाउनु पर्दछ । तुरुन्तै कालापानीमा नेपाली सुरक्षाकर्मीको उपस्थिति गराउनु पर्छ हाल भारतले निर्माण गरेको बाटोमा भारतबाट प्रबेश गर्न दिनु हुदैन हामिले हाम्रो भुमिमा कुनैपनी हालतमा बिना अनुमती भारतको उपस्थिति गर्न दिनु हुदैन तुरुन्तै भारतीय सुरक्षाकर्मिलाइ नेपाली भुमिबाट हटाउन पर्दछ ।

नेपाली नेतृत्वले कुनैपनी कदम उठाउन सकेन भने अब भारतको हौसला बढदै जान्छ र सिब सुबेदीको एउटा गित छ (जोगाउन नसकेमा लिपुलेक र सुस्ता भारतमै जन्मनेछन अब आउने पुस्ता) त्यो भोगाइ हुने छ । हरेक पल नेपालको भुमीमा आखा लगाइरहने छ । अर्को कुरा यदि नेपालले लिपुलेक देखि करीब १२०० किलोमीटरको दुरिमा रहेको पाकिस्तान र करिब ३००० किलोमीटर दुरिमा रहेको क्यस्पियन सागरहुदै युरोप पुग्ने स्थलमार्गको लागि पहल गर्यो भने नेपाललाइ धेरै फाइदा हुनेछ । भारत पनि साईजमा आउने छ लिपुलेकको पनि सुरक्षा हुने छ । नेपालको पनि सुरक्षा हुने छ ।