मङ्लबार, बैशाख ४, २०८१

Ratopress

Advertisment

SKIP THIS

राष्ट्रियस्तरको नृत्य प्रतियोगिता ‘मा प्रदेश ५ कि एक्लो प्रतिशप्रधिपुष्पा छमछमीको टप ११ मा पुगिन

कपिलवस्तु।

राष्ट्रियस्तरको नृत्य प्रतियोगिता ‘छमछमी’–४ को टप ११ जनामा बुटवलकी पुष्पा घिमिरे क्षेत्री पुग्न सफल भएकी छन् । भोटिङ राउण्डको प्रतिस्पर्धामा रहेका १२ जना मध्ये वीरगंजका राजन देवान दर्शकबाट सबैभन्दा कम भोट पाएर शनिबार प्रतियोगिताबाट बाहिरिएसंगै पुष्पासहितका ११ जना अघिल्लो चरणका लागि सुरक्षित भएका हुन् । प्रतियोगितामा काठमाडौंका सुदन खड्का, कोहलपुरकी गंगा केसी, महोत्तरीका नेजिन सुस्लिङ मगर,दाङका आकाश विके, कोहलपुरका श्रीयम रावल, धनगढीका थम्मन टाडी,पोखराकी सपना थापा,हेटौंडाकी सन्ध्या आचार्य,झापाकी दिलमाया लिम्बु र बिरगंजका अनिश सिंह उपाधिका लागि प्रतिस्पर्धामा छन् ।
नेपाल टेलिभिजनमा हरेक शनिबार राति ९ बजेदेखि प्रशारण शुरु हुने ‘छमछमी’ कार्यक्रमका प्रतियोगीलाई कार्यक्रम सकिएपछि सोही राति १० बजेदेखि बिहीबार बिहान १० बजेसम्म भोटिङ गर्न सकिने नियम छ । दर्शकबाट सबैभन्दा कम भोट पाउने प्रतियोगी बाहिरिंदै जांदा सबै भन्दा बढी भोट पाउने नै विजेता बन्ने नियम छ । प्रतियोगितामा ६० प्रतिशत अंक निर्णायकको र ४० प्रतिशत अंक भोटिङका आधारमा जोडिने नियम छ ।