शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

विपदमा वाल संरक्षणका सवालहरु तथा यसका सहयोग संयन्त्र प्रणालीका उपायहरु

विपदमा वाल संरक्षणका सवालहरु तथा यसका सहयोग संयन्त्र प्रणालीका उपायहरु

पृष्ठभूमिः
वैश्विक महामारी कोरोनाले गर्दा समग्र विश्व जमात नै जुझदै आइरहेको वेला हाम्रो देश नेपालमा विभिन्न प्रकारका वाल संरक्षणका सवालहरु दिनानुदिन वढदै गएको छ । कोरोना भाइरसका कारण जारी लकडाउनका विषयमा सुरक्षाकर्मीले आफ्नो ध्यान केन्द्रित गरीरहेका बेला यो अवधिमा कपिलवस्तुमा मात्रै जबरजस्ती करणीका पाँच घटना भएका छन् । गत चैत ११ देखि बैशाख ८ गतेका बीचमा ४ नाबालिका र एक महिला बलात्कारको शिकारमा परेका हुन् । यसै सन्र्दभमा स्थानीय तहमा वाल संरक्षणका सवालहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्ने कुरामा चर्चा गरिएको छ ।
विपद्मा बाल संरक्षण भनेको के हो ?
प्राकृतिक, मानवर्सिजित वा अन्य कारणले गर्दा उत्पन्न विपद्को समयमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, शोषण तथा उपेक्षाबाट बालबालिकालाई जोगाउनु, रोकथाम गर्नु तथा समस्या परिहालेमा तुरुन्त सम्बोधन गर्ने कार्यलाई आपत्कालीन अवस्थामा गरिने बाल संरक्षण भनिन्छ ।
आपत्कालीन अवस्थामा बाल संरक्षण किन महत्त्वपूर्ण छ?
विपद्को समयमा बालबालिकालाई विशेष संरक्षणको आवश्यकता पर्दछ किनकि बालबालिकाहरू अरु सामान्य अवस्थाको तुलनामा यो बेला विभिन्न किसिमको हिंसा, दुव्र्यवहार र शोषणको जोखिममा रहेका हुन्छन् । आपत्कालीन अवस्थामा बालबालिकाहरूले आवश्यक सबै मानवीय सहायता पाएको हुनुपर्छ जुन बाँच्न र समुन्नत जीवन जिउनका लागि जरुरी हुन्छ । त्यसैले विपद्कोे पूर्वतयारी, प्रतिकार्य र पुुुनस्र्थापनाको कार्य गर्दा बालबालिकाहरूलाई ध्यानमा राखेर गरेको हुनुपर्दछ । बालबालिकाहरू यो समयमा विभिन्न प्रकारका अन्य जोखिममा पनि रहेका हुन्छन् ।
बालसंरक्षण भनेको के हो ?
बालसंरक्षण भन्नाले बालवालिकालाई दुब्र्यबहार, हेला, हिसां तथा शोषण बाट जोगाउनु÷संरक्षण दिनु हो
 दुब्र्यबहार ः शारीरिक तथा मानसिक क्षति पु¥याउनु वा क्षतिको डर देखाउनु
 हेला ः आवश्यकता अनुरुपको खाना, बास, लुगा, स्वास्थ्य उपचार, शारीरिक सामिप्यता तथा सुरक्षा
 हिसां ः शारीरिक वा यौनिक क्षति पु¥याउने कुनै पनि कृयाकलाप अथवा संबेगात्मक वा मनोसामाजिक हानि पु¥याउने तवरको धक्की वा हेयको दृष्टि
 शोषण ः दवाबमा पारि काम लगाउने, वा यौन कृयाकलापमा संलग्न गराउने

समुदायमा आधारित बालसंरक्षण भनेको के हो ?
समुदायमा आधारित वालसंरक्षण भन्नाले समुदायले स्थानिय तहसँग मिलेर बालवालिका बिरुद्ध हुने दुब्यहार, बेवास्ता, हिसाँ र शोषणको रोकथाम तथा त्यस बिरुद्ध प्रतिबाद गर्नु भन्ने बुझिन्छ ।
यसको अर्थः
 बालसंरक्षण सम्बन्धि घटना तथा सवालको पहिचान गर्नु
 बालसंरक्षणका घटना तथा सवालको रोकथामका रणनितिहरु पहिचान गर्नु
 बालसंरक्षण सम्बन्धि घटना तथा सवालहरुको च्भकउयलकभ गर्नु
 बालवालिकाहरुको अबस्था सुधार भए नभएको ँयिियध गउ गर्नु
समुदायमा आधारित वालसंरक्षणले स्थानियस्तरमा बिभिन्न समुहलाई सकृय पारेको हुन्छ ः
 बालवालिका
 बाबुआमा तथा परिवार
 समुदाय
 समुदायमा आधारित सघंसस्थाहरु
 नगरिक समाज र
 सेवाप्रदायकहरु

समुदायमा आधारित वालसंरक्षणमा सकृय रहने समुहहरु ः
बालवालिका
 यिनिहरुको भूमिका निकै सक्रिय हुन्छ ।
 यिनिहरु ःबिश्वासिलो प्रौढलाई समस्याको बताउन सक्छन्
 साथिहरुलाई सहयोग गर्न सक्छन्
 समुदायमा चेतना फैलाउन सक्छन्
परिवार
बाल बिकास तथा समृद्घिमा परिवारको प्रमुख भुमिका रहन्छ । बालवालिका लाई हेरचाह, र आबश्यकतामा सहयोग गर्न सक्दछन् ।
समुदाय
 समस्यामा परेका बालवालिकाको पहिचान गर्न सक्दछन्
 बालवालिकालाई बिभिन्न सेबाप्रदायककोमा सिफारिस गर्न सक्दछन्
 परिवारलाई बालवालिकाको उचित हेरबिचारका लागि सहयोग गर्न सक्दछन्
 बालवालिका र परिवारलाई आवश्यकता अनुसारको सहयोग गर्न सक्दछन् जस्तै ः खाना, बास, कपडा

समुदायमा आधारित सघंसस्थाहरु
(बालक्लव, युवा क्लव, महिला संगठन, उगभोक्ता समुह)
 जोखिममा परेका बालवालिकाको पहिचान गर्न
 जोखिममा परेका बालवालिकालाई सेवा प्रदायककोमा सिफारिस गर्न
 नागरिक समाज सँग मिलेर जनचेतना फैलाउन
 बालसंरक्षणको सवालमा परिवार सँग आपसि मेलमिलाप गर्न÷गराउन
नागरिक समाज
(स्थानिय संचार माध्यम, गैरसरकारी सस्थां, मानब अधिकारकर्मिको समुह)
 बालसंरक्षणको स्थानिय धारणा, निति निर्माणमा सरकारलाई दवाव तथा प्रभाब पार्न सक्दछन्
 बालवालिकाको आबश्यकता अनुरुपको प्रत्यक्ष सेवा प्रदान गर्न जस्तै ः मनोसामाजिक सहयोग, बालगृह तथा आपतकालिन सहयोग गृह÷कार्यक्रम
सेवा प्रदायकः
सेवाप्रदायक भन्नाले सरकारी ( जस्तैः स्कूल, स्वास्थ्यचौकी, महिला तथा वालवाकिा शाखा, प्रहरी) वा गैरसरकारी सँस्था पर्दछन् । यिनिहरुले स्वास्थ्य, आवाशिय सुबिधा, शिक्षा, कानुनी सहायता, सामाजिक सेवा तथा मनोसामाजिक सहयोग प्रदान गर्न सक्दछन् ।

बाल संरक्षणमा समुदाय परिचालनः
समुदायमा रहेका बिभिन्न सरोकारवालालाई बालवालिका माथि हुने दुब्र्यबहार, हेला, हिसां तथा शोषण बिरुद्घ परिचालन गर्न‘लाई समुदाय परिचालन भन्ने बुझिन्छ । जसमा ः
 बालसंरक्षणको समस्या रोकथाम तथा प्रतिकारमा समुदायको संलग्नता
 बालवालिका, परिवार, सामुदायिक सस्थां, नागरिक समाज र सेवा प्रदायक बिचको सम्बन्ध बिस्तार
 बालवालिकालाई सुरक्षित, सहज वाताबरण बनाउन स्थानिय निकायको सबलिकरण

दुब्र्यबहार, हेला, हिसां तथा शोषण रोक्न महिला संगठनको भुमिकाः
 समुदायमा धारणा तथा ब्यबहार परिर्बतनका लागी बाल संरक्षण सम्बन्धि सचेतना
 बालक्लबका गतिबिधिमा सहयोग
 समुदायमा रहेका बालसंरक्षणका सरोकारको पहिचान (समस्या पहिचान)
 समस्याहरु बिचको अन्तरसम्बन्धको पहिचान जस्तैः बालश्रमीकहरु शोषण तथा दुब्यबहारको शिकार हुने सम्भाबना हुन्छ ।
 बालवालिका लाई सहयोग पु¥याृउन सक्ने सकृय ब्यक्तिको पहिचान
 सिफारिस प्रणालिको प्रयोग र स्थानिय सेवा प्रदायक सँग नजिकमा रहेर कार्य गर्नु

दुब्र्यबहार, हेला, हिसां तथा शोषण च्भकउयलकभ मा महिला संगठनको भुमिकाः
 बालवालिका तथा परिवारलाई सहयोग पाउने स्थान तथा निकायको जानकारी दिने
लेखक  R T Khan