शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

टिप्पणी : भद्रगोलमा गोल गर्न खोज्दै जनप्रतिनिधि

कोरोना भाइरस कोभिड-१९ को कारण विश्व नै उच्च जोखिममा रहेको छ । बिश्व स्वास्थ संगठनले विश्व झन पछि झन उच्च जोखिममा रहेको तथ्यांक सार्बजनिक गरिरहेको बेला केही सामाजिक अभियन्ता तथा जनताका प्रतिनिधिहरुले लकडाउनको अवज्ञा गर्दै चुनावी शैलीमा मान्छे भित्राईरहेका छन् ।

राजनितिक दलका उच्च नेता, मन्त्रीदेखी स्थानिय तहका नेता तथा कार्यकर्ता अहिले चुनावी शैलीमा शहरबाट गाउँमा मान्छे ओसारपसारमा व्यस्त छन् । दिनप्रतीदिन संक्रमणका बिरामी बढी रहेको वास्ता त भएन भएन जिल्ला शुरक्षाा समितिलाई समेत पनि जानकारी नगराई यस्ता ओसारपसार धमाधम भैरहेका छन् ।

अहिले अर्घाखाँचीमा पनि झमझम पानी परिरहेको बेला हतार हतारमा सुचना प्रबाह गर्दै रातिको ११ बजे करिब ३०० भन्दा बढीलाई जिल्ला पठाइएको छ । शहरमा दुःख पाएका मजदुरहरुलाइ जिल्ला पठाउँदा कसैले बिरोध गर्दैन तर कम्तिमा स्वास्थ्य चेकजाँज गराएर पठाएको भए भोली त्यसले गाउँमा भबितब्य निम्त्याउने थिएन । कोरोना संक्रमित बढीरहेका बेला जसरी चुनावमा भोटर ओसार पसार गरेजस्तै शहरबाट गाउँमा मान्छे भित्राइएको छ यसको सहि व्यवस्थापन नुहँदा भोली त्यसले समस्या ननिम्त्याउला भन्न सकिदैन ।

आज दिउसो सन्धिखर्कमा यस्तै दृष्य देखियो । दिउसो १ बजे ट्न्टलापुरे घाममा गाडी बन्द गराइ सजाएर राखियो, कसैलाई बाहिर निस्कन दिइएन भने साना साना बालबच्चाहरु रोहिरहेका थिए । केही मान्छेहरु लौन पिसाबले च्याप्यो के गरौ भन्दै गाडी भित्र चिच्याइरहेका थिए । कडा शुरक्षााको घेराभित्र बस्न बाध्य भएकाहरुलाइ पालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरुले तपाईंहरुलाइ लिन आएका हौ भन्दै चुनाबी शैलिमा ओसार पसारमा ब्यस्त देखिन्थे । तर तिनीहरुलाई कहाँ लगियो, कुन ठाउँमा लगियो भन्ने नत प्रशासनलाई जानकारी भयो न शुरक्षााकर्मी र सन्चारकर्मीलाई नै । यस्तो भद्रगोलमा आफनो बिवेक प्रयोग नगरी जनप्रतिनिधिहरु माथीका नेताको आदेशमा चुनाबी शैलीको गोल गर्दैमा ब्यस्त देखिन्छन् ।

जनप्रतिधिहरुले आफनो बिबेक प्रयोग नगरी धमाधम यसरी बाहिरबाट आएका मान्छेहरुको स्वागत गरिरँदा यदी कोरोना घर घर, गाउँ गाउँ पुग्यो भने त्यतिखेरको अवस्था कस्तो होला ? त्यसैले अकल्पनिय क्षेतिको साक्षी नबनौं । हाम्रो घर, परिवार, समाज डेन्जर जोनमा छ भन्नेमा बेलैमा सचेत बनौं ।