शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

आफ्ना नागरिक लिन रुसी विमान नेपाल आउँदै

काठमाडौं । रुसको रोयल फ्लाइट एयरलाइन्सको चार्टर्ड विमान आज काठमाडौं आउँदैछ। लकडाउनका कारण रोकिएका आफ्ना नागरिकलाई लिन रसियन दूतावासले विमान चार्टर गरेको हो।

विहान साढे १० बजे काठमाडौं आइपुग्ने विमान दिउँसो साढे १२ बजे फर्कने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनकाअनुसार विमानले १ सय ४३ यात्रु लिएर जानेछ।

लकडाउनका कारण नेपालमा रोकिएका विभिन्न देशका नागकिरलाई उनीहरुको देशले विमान चार्टर्ड गरी उद्दार गरिरहेको छ।  यसैबीच, स्वास्थ्य सामाग्री लिन श्री एयरलायन्सको सिंगापुर उडान स्थगित भएको छ।

विमान आज विहान ७ बजे गएर बेलुकी पौन ६ बजे फर्कने तालिका थियो। तर सिंगापुरमा ढिला गरी जानकारी भएको र उसले तत्काल अनुमति नदिएकाले उडान रोकिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार विमानले एक दुई दिनमै अनुमति लिएर उडान भर्नेछ। कोरोना भाइरसको रोकथाम र उपचारका लागि सिंगापुरमा विभिन्न संस्थाले सहयोग गरेका स्वास्थ्य सामाग्री लिन श्री एयरको विमान पठाउन लागिएको हो। – थाहा खबरबाट