बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

अमेरिकाबाट नेपाल फर्कन इच्छुकको विवरण संकलन गरिदै, यसरी भर्नुहोस् फर्म

काठमाडौ । कोरोना भाइरस संक्रमणका कारण महिनौंदेखी अमेरिकामै रोकिएका नेपाली नागरिकहरुले देश फर्किन पाउनुपर्ने भन्दै सरकारसंग आग्रह गरेका छन् । बिभिन्न भिषामा अमेरिका आई यहीँ थुनिएका नेपाली नागरिकहरुले नेपाल सरकारसंग आवश्यक पहल थाल्न आग्रह गरेका हुन् । उनिहरुले आवश्यक सबै प्रकृया पुरा गर्न आफुहरु तयार रहेको भन्दै देश फर्किन पाउनुपर्ने माग राखेका छन् ।

बतास अर्गनाइजेशनका कार्यकारी निर्देशक शान्ताराज बतासले भने – ‘हामी स्वास्थ्य परिक्षणदेखी सरकारका सबै प्रकृया पुरा गर्न तयार छौं, नेपाल पुगेर सरकारले बनाएको क्वारेन्टाइनमा पनि बस्न तयार छौं तर सरकारले हामीलाई देश फर्काउने वातावरण बनाओस । भ्रमण भिषामा अमेरिका आएका अर्का एक नेपाली नागरिक सन्तोष सुवेदीले ल्याएको रकम सकिन लागेको र अमेरिकामा बस्न अन्यौल भएको भन्दै नेपाल फर्काउन सरकारसंग आग्रह गरेका छन् ।’

सुवेदीले आफु जस्तै अन्य मानिसहरु समेत अब खर्चको अभावमा पर्न थालेको गुनासो समेत गरेका छन् । उनिहरुले नेपाल फर्किन पाउनुपर्ने माग राख्दै अहिले सुचना संग्रह गरिरहेका छन् । यसरी नेपाल फर्किन पाउनुपर्ने माग राख्नेहरुको संख्या अमेरिकामा करिव दुई सयको हाराहारीमा रहेको जनाइएको छ । उनिहरुले आधिकारिक संख्या प्राप्त भएपछि बिवरण नेपाल सरकारलाई पठाउने र सरकारको तर्फबाट चार्टर गर्न सम्भव भए चार्टर बिमानमा नत्र कर्मशियल बिमानमा भएपनि नेपाल फर्किन इच्छुक रहेको जानकारी दिएका छन् ।

यदी तपाई पनि नेपाल फर्किन चाहनु हुन्छ भने तलको लिङकमा गएर आफ्नो बिवरण भर्नु होला ।

-Radionrn

Submission Form