बुधबार, साउन २८, २०७७

अर्घाखाँचीमा अन्डर–१६ क्रिकेट देखी रनिङ्गशिल्ड प्रतियोगिता स्थगित

लक्ष्मण घिमिरे, अर्घाखाँची ।

कोरोना भाईरस संक्रमणका कारण अर्घाखाँचीमा सञ्चालन हुने अन्डर–१६ क्रिकेट देखी राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिता तत्कालका लागी स्थगित हुने भएको छ । जिल्ला खेलकुद विकास समितीले आउँदो बैशाख २ गतेदेखी राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिताको तयारी गरेको थियो ।

चैत २५ गतेभित्र पालिका स्तरिय छनौट खेल सकाएर बैशाख २ गतेदेखी जिल्लास्थीत टुँडिखेलमा प्रतियोगिता संचालन गर्ने समितीले कार्यतालिका बनाएको थियो । प्रत्येक वर्ष एसईइ परिक्षा सकिए लगत्तै प्रतियोगिता हुने गरेकोमा यस वर्ष कोरोना भाईरस संक्रमणका कारण एसईइ परिक्षा समेत स्थगित भएको छ । यो अवस्थामा निर्धारित समयमा खेल सञ्चालन हुन नसक्ने जिल्ला खेलकुद विकास समितीका कार्यालय सचिव जनक गैरेले बताउनु भयो ।

खेलको पुर्व तयारी हुन नसकेको र छनौट खेल पनी समयमा हुन नसेकाले यही अवस्थामा निर्धारित मितीमा खेल हुन नसक्ने उहाँले जानकारी दिनुभयो । खेलकुद विकास समितीकै बजेटबाट भुमिकास्थान–१०, धनचौरको आरिचौरमा ५० लाख बजेटमा निर्माणधिन खेल मैदानको काम समेत प्रभावित भएको छ । मैदानको काम अन्तिम चरणमा पुगेपनी भुक्तानीको काम रोकिएको कार्यालय सचिव गैरेले बताउनु भयो ।

त्यस्तै एसईइ परिक्षा लगत्तै हुने अन्डर–१६ क्रिकेट प्रतियोगिता पनी निर्धारित मितीमा नहुने पक्का भएको छ । बैशाख १५ गतेबाट सुरु हुने भनिएको प्रतियोगिता विषम परिस्थितीका कारण निर्धारित मितीमा नहुने अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले बताउनु भयो । बैशाख पंन्ध्र बाट अन्डर–१६ प्रतियोगिता सञ्चालन गरेर ज्येठको दोस्रो सातादेखी उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने योजना रहेपनी प्रतियोगिता निर्धारित मितीमा नहुने पक्का रहेको अध्यक्ष भट्टराईको भनाई छ ।