शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

एसईई र कक्षा १२ को परीक्षा वैशाख ८ मा हुन सक्ने : बोर्ड

तिलक राम बन्जाडे, काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसका कारण रोकिएको एसईई र कक्षा १२ को परीक्षा आगामी बैशाखमा सँगै गर्न सकिने जनाएको छ ।

 

बोर्डको तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ । कक्षा ११ को परीक्षा तालिका बैशाख २१ गतेबाट हुने रहेको छ।

 

बोर्डले एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्‍चालन गर्न सकिनेछ जनाएको छ ।लकडाउन खुल्नासाथ तत्कालै परीक्षा प्रक्रिया अघि बढने कुरा जानकारी गराएको छ ।

 

यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन्। देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन्। प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन्।

 

त्यसैगरी कक्षा १२ को सबै प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको र लकडाउने खुलेलगत्तै सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्‍याइने छ।

 

कक्षा ११ र १२ का गरी ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी रहेका छन् । १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन्।
(यो खबर ई-कान्तिपुरबाट साभार गरि तयार पारिएको हो )