बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

रोट्याकट डाउनटाउनद्वारा आगलागि पिडितलाइ सहयोग

सुदन आचार्य, विजयनगर ।        सामाजिक कार्यमा अग्रसर रोट्याक क्लव अफ बुटवल डाउन टाउनले बिजयनगरमा आगलागीबाट पिडित भएकाहरुको लागि राहत सामाग्री बोकेर कपिलवस्तु पुगेको छ ।

कपिलवस्तुको विजयनगर गांउपालिका वार्ड नं १ गुगौलिमा चैत्र २१ गते लागेको भिषण आगलागी बाट २५ घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए । क्लवका अध्यक्ष मधु भट्टराईले आगलागी बाट घरबार बिहिन भएकाहरुलाइ अत्यावश्यक खाद्यान्न, सिरक, डसना, सहितका सामाग्री र चामल, तेल, नुन लगाएत खाध्यान्न गांउपालिकाका अध्यक्ष गोपाल बहादुर थापालाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अध्यक्ष थापाले १०० किलो मिटर टाढा बुटवलबाट आई क्लवले पिडित जनताहरुको दुखमा मलम लागाउन सहयोग गरेकोमा खुसि ब्यक्त गरेका थिए । रोटरी क्लब अफ डाउन टाउन बुटवलका पूर्व अध्यक्ष बिमलराज भट्टराईले समाजमा परेका हरेक समस्यालाई हटाउन तथा न्युनिकरण गर्न अाफुहरु हरहमेसा तयार रहेको बताएका थिए । आउदा दिनहरुमा थप सहयोगका सामाग्रि सहयोग गर्ने प्रतिबद्धता समेत गरेका थिय । सो क्लवले बुटवलको सुकुम्बासी क्षेत्रमा समेत कोरोना महामारीबाट समस्या परेका जनताहरुलाइ अत्यावश्यक औषधि, खाध्यान्न लगायत सामाग्री बितरण गर्ने कार्य रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

कार्यक्रममा बिजयनगर गांउपालिका वार्ड नं १ र २ का वार्ड अध्यक्ष, वार्ड सचिव बालबहादुर थापा क्षेत्री, इलाका प्रहरी कार्यालय गणेशपुरका प्रतिनिधि, बिजयनगर गाउँपालिका खानेपानि सरसफाइ संयोजक अर्जुन बेल्वासे लगायत समाजसेवी भद्रभलादमिको समेत उपस्थिति रहेको थियो ।