सोमवार, जेष्ठ १२, २०७७

डिजेल, पेट्रोल, मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ। निगमले तीनवटै पेट्रोलियम पदार्थमा १०-१० रुपैयाँका दरले भाउ घटाएको हो।

निगमले एक विज्ञप्ति जारी गर्दै भाउ घटेको जनाएको हो। ‘चैत १९ अर्थात आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल,मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा १० रुपैयाँले घटाई काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ प्रतिलिटर र डिजेल,मट्टितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रति लिटर कायम गरेको छ,’ निगमले भनेको छ।

यस्तै आन्तरिक हवाई इन्धनको भाउ १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिलिटर ०. ९५
डलर कायम भएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अत्याधिक गिरावटको कारण मुल्य घटाइएको निगमले जनाएको छ।