शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा-११ मा उज्यालो सा.वि. संस्थाद्वारा कोरोना रोकथामका लागि जिम्मेवारी बाँडफाड

अनुप पन्थी, अर्घाखाँची । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढन नदिनका लागि अर्घाखाँचीको शितगंगा न.पा.-११ स्थित उज्यालो सामाजिक विकास संस्थाले आफ्ना सदस्यहरूलाई जिम्मेवारी बाँडफाड गरेको छ ।

सरकारले ‘लकडाउन’ गरेको अवधी साथै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) लाई फैलन नदिनका लागि वडा नं. ११ मा छरिएर रहेका टोलमा सचेतना फैलाउन तथा सतर्कता अपनाउन टोल संयोजक गठन गरी जिम्मेवारी बाँडफाँड गरेको संस्थाले बताएको छ ।

संस्थाका अध्यक्ष गणेश बेेल्बासेको संयोजकत्वमा सदस्यहरू लाई आ-आफ्नो टोलमा रही सतर्कताको लागि जिम्मेवारी प्रदान गरिएको हो ।  जस अनुसार टिक्करी-ढुङ्गेसेरा टोल संयोजक, दुम्सी-ढोडेनी टोल संयोजक, मौवावारी टोल संयोजक, लुङ्ग्री टोल संयोजक, खयरभट्टी टोल संयोजक, फोर्सल-मुल टोल संयोजक, दोबाटा टोल संयोजक, चाबेनेटा टोल संयोजक, जाबुने दमार टोल संयोजक, बेलदमार-बोक्से टोल संयोजक, चावादिप टोल संयोजक गरी सबैैलाई जिम्मेवारी बाँडफाड गरीएको संस्थाका अध्यक्ष गणेश बेल्बासेले बताए ।


आज बिहिबार बिहान संस्थाका पदाधिकारीहरु बिचमा भएको छलफलमा वडा नं. ११ मा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अन्य देशबाट आउने नेपाली नागरिकको विवरण तयार गरी निगरानी गर्ने, नियमित साबुन पानीको प्रयोग गर्न तथा सरसफाई गर्न सचेतना गराउने, आ-आफ्नो जिम्मेवारी रहेको टोलमा हुने कुनै पनि घटनाको सूचना तथा जानकारी गराउने, अपरिचित व्यक्तिहरु आएमा प्रवेश निशेष गर्ने, घर देखि बाहिर नसिक्न सचेत गराउने, कोही व्यक्तिमा संक्रमणको शंका देखिएमा तुरुन्त जानकारी गराउने लगाएतका निर्णय गरिएको अध्यक्ष बेल्बासे बताए ।

साथै शितगंगा न.पा.-११ का सूचना तथा जानकारी प्रवाह गर्न गराउन सम्पर्क व्यक्ति समेत तोकिएको अध्यक्ष बेल्बासेले बताएका छ्न । थप जानकारीको लागि टोल संयोजक तथा सूचना व्यक्तिहरुलाई तुरुन्त सम्पर्क गर्नु हुन समेत संस्थाले वडा नं. ११ का वडाबासीहरूमा अनुरोध गरेको छ ।

सम्पर्क व्यक्तिहरु :
@ वडा संयोजक : गणेश बेल्बासे 9857014148
@ ढुङ्गेसेरा संयोजक : देवेन्द्र रेश्मी 985706959
@ मौवाबारी संयोजक : दिपक नेपाली 9869569187
@ लुङ्ग्री संयोजक : केशव घर्ती 9867241793
@ दुम्सी-ढोडेनी संयोजक : टान ब. थापा 9847437074
@ फोर्सल-मुल संयोजक : गणेशमान आले 9867549057
@ फोर्सल सूचना व्यक्ति : डेनिम आले
9867474486
@ खयरभट्टी संयोजक : सरोज आले 9863502750
@ जाबुने संयोजक : केबल परियार 9868840779
@ जाबुने सूचना व्यक्ति : तुल ब. काउछा 9865450356
@ दोबाटा संयोजक : विनोद बुढा मगर 9864558792
@ चाबेनेटा संयोजक : देविराम घर्ती 9867931203
@ बेलमार-बोक्से संयोजक : भागिराम घर्ती 9844788674