बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण

लण्डन : बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड-१९ पोजेटिभ देखिएको हो।  क्लारेन्स हाउसले पनि ७१ वर्षीय राजकुमारलाई कोरोना भाइरस संक्रमण भएको जनाएको छ। अहिले उनको उपचार भइरहेको जानकारी क्लारेन्स हाउसले विज्ञप्ति निकालेर दिएको छ।  राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण भएपछि उनकी पत्नी क्यामिलालाई पनि आइसोलेसनमा राखिएको छ। बेलायतमा अहिलेसम्म ४४२ जनाको ज्यान गइसकेको छ। यहाँ ८ हजार भन्दा धेरै नागरिक संक्रमित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।  कोरोना भाइरसले इटालीमा पछिल्लो २४ घण्टायता ७४३ जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रिमतको संख्या ६८ हजार एक सय ७६ पुगिसकेको छ। इटालीमा ज्यान गुमाउनेको संख्या ६ हजार ८२० पुगिसकेको छ।  अहिलेसम्मा विश्वका १९४ देशमा कोरोना भाइरस पुगिसकेको छ। १८ हजार ९०५ जनाले ज्यान गुमाइसकेका छन्। ४ लाख २८ हजार २७१ जना संक्रमित छन्। १ लाख ९ हजार ९६१ जना बिरामी सन्चो भएका छन्।