बुधबार, चैत्र २६, २०७६

प्रधानमन्त्री ओली :म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस्

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्काे सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीटमा भन्नुभएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस् ।’

View image on Twitter