शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

कोरोना भाईसबाट बच्न बचाउन वडा नं. ६ ले गर्‍यो जनचेतना मुलक सन्देश मार्फत आग्रह

गणेश बेल्बासे संगम, अर्घाखाँची । नोबेल कोरोना भाईसबारे शितगंगा नगरपालिका वडा नं. ६ को कार्यालयले सचेतना गराएको छ । नोबेल कोरोना भाईसबाट बाच्न/बचाउन सकिने उपाय, लक्षणहरुबारे जनचेतना मुलक सन्देश जारी गरी सचेत गराएको छ ।

सार्वजनिक गरिएको सन्देशमा सबैले साबुन पानीको प्रयोग, मास्कको प्रयोग बारे उल्लेख गरिएको छ भने विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ भाईरसबाट आफु पनि बच्न र अरु लाई पनि बचाउन रोकथामका उपायहरु, रोग सर्ने माध्यम र लक्षणहरुका बारेमा सर्वसाधारण वडाबासीका लागी जनचेतना मुलक सन्देश जारी गरिएको हो ।

 

सन्देशमा नोबेल कोरोना भाईरसका मुख्य लक्षणहरु १०४.४ डिग्री फरेनाईट भन्दा माथि ज्वरो आउनु, श्वास प्रश्वसमा अत्यधिक समस्या, रुघा र खोकीका बारेमा समेत सचेत गराईएको छ ।

कोरोना भाईरस प्रभावित देशबाट आउने मानिसहरुमा दुई हप्ता भित्र रुघा खोकी लागेमा, ज्वरो आएमा, घाँटी/टाउको दुखेमा, श्वास प्रश्वासमा अत्यधिक समस्या भएमा, तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने समेत उक्त सन्देशमा उल्लेख गरिएको छ ।

यस्तै नोबेल कोरोना भाईरसबाट आफु र अरुलाई समेत बचाउन नियमित रुपमा साबुन पानिले हात धुने, खोक्दा हाछ्युं गर्दा नाक मुख छोप्ने, यदी फ्लु जस्तो लक्षण देखिएमा चिकित्सक संग परामर्स लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपन्छिहरु संग असुरक्षित सम्पर्क बाट टाढा रहने र पशुजन्य मासु/अण्डा राम्रोसंग पाकेको मात्र खाने भन्ने बारे जारी सन्देशमा उल्लेख छ ।