बुधबार, चैत्र २६, २०७६

कोरोना भाईरसबाट बच्न १० नं. वडाले वडाबासीहरुमा आग्रह गर्दै वडाबाट प्रवाह गरिने सेवाहरु स्थगित

गणेश बेल्बासे संगम, अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. १० ले कोरोना भाईरस सम्बन्धी वडाबासी सबैलाई सचेत रहन आग्रह गरेको छ । १० नं. वडाका अध्यक्ष हिम्मत पोख्रेलद्वारा हस्ताक्षरीत सूचना मार्फत यस्तो आग्रह गरिएको हो ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरस सम्बन्धी सचेतना जगाउने उद्देश्यले कोरोना भाईरसबाट सचेत रहन र सचेत गराउन अध्यक्ष पोख्रेलले सूचना मार्फत आग्रह गरेका हुन ।

 

कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै वडाबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको सूचनामा उल्लेख गरेको छ ।