बुधबार, चैत्र २६, २०७६

कोरोना भाइरसः मेसीले सम्झाए यसका फाइदा !

एजेन्सी— संसारभर कोरोना भाइरसको संक्रमण निकै बढ्दो छ । अर्जेन्टिनाका फुटबलर लियोनल मेसीले कोरोना भाइरसबारे नसुन्ने कुरै भएन । बरु डराइरहेको संसारलाई उनले केही फाइदा सेयर यसबाट राहत दिन खोजेका छन् ।

सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा तस्वीर राख्दै मेसीले भनेका छन्, ‘अहिले त जिम्मेवार हुने र घरमा सदस्यबीच रहने समय हो । हाम्रो लागि हाम्रो स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्छ । यो परिवारसँग समय बिताउने समय हो, यस्तो मौका कमै मिल्छ ।’

अहिलेसम्म १५१ देशमा कोरोना भाइरसका कम्तिमा पनि १,९९,५३३ संक्रमितको संख्या रेकर्ड गरिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या झन्डै ६ हजार पुगेको छ ।

उता, मेसीले कोरोना भाइरस प्रभावितको हौसला बढाउँदै लेखेका छन्, ‘यो सबैका लागि कठिन समय हो । म त जो अहिले उद्दारमा जुटेका छन्, उनीहरुको हौसला बढाउन चाहन्छु । उनीहरुलाई शक्ति पठाउन चाहन्छु ।’

मेसीले सबै खेलकुदका कार्यक्रमबाट आफू पर रहेर परिवारसँग छुट्टी मनाइरहेका छन् । कोरोना भाइरसको कहर बढेपछि अहिले सबै खेलकुदका कार्यक्रम रद्द गरिएकाले पनि मेसीले यो फुर्सद पाएका हुन् ।