सोमवार, चैत्र १७, २०७६

कोरोना भाइरसका कारण :अमेरिकाले कैदीहरु रिहा गर्दै

अमेरिकाले कैदीबन्दीहरुलाई छोड्ने निर्णय गरेको छ । जेलमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि अमेरिकाले कम संवेदशनशिल केशमा जेलमा परेका कैदीबन्दीहरुलाई रिहा गर्ने निर्णय गरेको हो ।

उनीहरुले समाजमा पार्ने प्रभावका बारेमा समेत विश्लेषण गर्न विशेष टोली निर्माण गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा कोरोना भाइरसका कारण २१४ जनाको मृत्यु भएको छ । बुधबारमात्रै ६४ जनाको मृत्यु भएको छ । यति धेरै जनाको मृत्यु भएको यो पहिलो घटना हो । त्यस्तै संक्रमितको संख्या १३८८० पुगेको छ ।

अमेरिकामा बिहिबारमात्रै ४६२१ जना नयाँ केशहरु देखिएका छन् । यति धेरै जना संक्रमित देखिएको यो पहिलो घटना हो ।