शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगामा सञ्चालन भएको एसईई तयारी ५२ दिने गणित तथा विज्ञानको अतिरिक्त कक्षाको समापन

खिम अधिकारी,अर्घाखाँची। 

 –जिल्लाको शितगंगा नगरपालिकामा सामाजिक विकास मन्त्रालय प्रदेश नं. द्धारा संचालित ५२ दिने गणित तथा विज्ञान अतिरिक्त कक्षाको समापन भएको छ ।

तालिमको समापन गर्दै नगरप्रमुख सूर्यप्रसाद अधिकारीले प्रदेश सरकार र शितगंगा नगरपालिकाबाट गणित र विज्ञान विषय अध्यान गर्न विद्यार्थीहरुलाइ अप्ठ्यारो हुनाले यो बर्ष देखि अगाडी बढाएको बताए ।

उनले शिक्षकले बढी मिहिनेतका साथ कक्षा सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरे । यो विद्यार्थीहरुको लागि अवसर भएकाले सफलताको शुभकामना व्यक्त गरे । अतिरिक्त कक्षाबाट ज्ञान लिएको पाइएको छ । जसरी शिक्षकले मेहनतका साथ पढाए, त्यसरी नजिता पनि विद्यार्थी भाइ बहिनीले अभिभावकको शिर उच्च गराउँन आग्रह गरे ।

दश वर्ष सम्म मेहनत गरेर पढेलेखेको अब अन्तिम अवसर भएको बताए । कार्यक्रममा वडा अध्यक्ष दमोदर अधिकारीले विद्यार्थीलाई परिक्षामा सफलता भई नगरपालिकाको शिर उच्च बनाउँनका लागी शुभकामना व्यक्त गरे । कार्यक्रम शंकर अर्यालको अध्यक्षता र दहलबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको हो ।