बुधबार, चैत्र २६, २०७६

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्याे

काठमाण्डाै – पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटेकाे छ । नेपाल आयल निगमले साेमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो ।

अब पेट्रोलको खुद्रा मूल्य एक सय ६ रुपैयाँ प्रतिलिटर र डिजल तथा मट्टीतेलको भाउ ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको भाउ पनि साढे ४ रुपैयाँ घटाएर ९० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।