बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

अमेरिकाकाे ओहायाे राज्यमा गाेलीकाण्ड: ९ जनाकाे ज्यान गयाे

  अमेरिकाको ओहायो राज्यमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको ज्यान गएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

घटनामा बन्दुकधारी पनि मारिएको डेटन प्रहरीले जनाएको छ । त्यस्तै गोलीकाण्डमा अन्य १६ जना घाइते भएका छन् । मायामी भ्याली अस्पतालको सञ्चार विभागकी टेरा लिटलले १६ जना घाइतेलाई अस्पताल ल्याइएको बताइन् ।

सहायक प्रहरी प्रमुखले बन्दुकधारीको बारेमा भने, ‘उसको बारेमा अहिलेसम्म केही थाहा भैसकेको छैन ।’

२४ घण्टा बित्न नपाउँदै अमेरिकामा अर्काे गोलीकाण्डको घटना घटेको हो । यसअघि अमेरिकाको टेक्सास राज्यको एक ‘शपिङ मल’ मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको थियो भने अन्य २६ जना घाइते भएका थिए ।

२४ घण्टा बित्न नपाउँदै दोस्रो पटक गोलीकाण्ड भएपछि अमेरिकी सर्वसाधारण त्रसित बनेका छन् ।