शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

कोरोना फोबिया

केही दिनअघि टेकुमा रहेको शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेको थिएँ । जाने बेलामा सहकर्मी र बाटोमा भेटिएका साथीहरुले पुरै शरीर ढाक्ने गरी जानु, नजिक बसेर कुरा नगर्नु भनेका थिए । जबकि म आफैँलाई यसबारेमा राम्रोसँग थाहा छ, कोरोना कसरी सर्छ र के के कुरामा ध्यान दिनुपर्छ भनेर ।

जावलाखेलबाट टेकु जाने गाडी चढें । अरु दिनभन्दा गाडी खाली थियो । गाडी चढेपछि साथीको फोन आयो । टेकु जाँदैछु भने । छेउको सिटमा बस्नुभएकी एकजना आमाले सोध्नुभयो, ‘नानी टेकुमा कोरोना छ रे, फेरि तिमी किन जान लागेको ?’

अहिले कोरोनाको चर्चा बढेपछि मास्क लगाउनेहरु बढेका छन् । तर अरुबेला पनि मास्क लगाउँदा धुलो धुवाँबाट बच्न सकिन्छ । साबुनपानीले हात धुने तथा अरु व्यक्तिगत सरसफाईमा विशेष ख्याल गर्ने हो भने जुनसुकै भाइरसबाट पनि बच्न सकिन्छ ।

मैले हाँसेर भनें, ‘आमा टेकुमा कोरोना छैन । म डाक्टरलाई भेट्न जान लागेको ।’

उहाँ झन आत्तिनुभयो र सोध्नभयो, ‘हेर्दा बिरामी जस्तो देख्दिनँ, कतै तिमीलाई त कोरोना भएको छैन ?’

मैले उहाँको भ्रम चिर्ने प्रयास गर्दै भनें, ‘तपाईँ भ्रममा हुनुहुन्छ आमा, सामान्य रुघाखाकी लाग्दैमा कोरोना हुने होइन, टेकुमा कोरोना पनि छैन । हामीले नियमित सरसफाईमा ध्यान दियौं भने कोरोना लाग्दैन । बरु रुघाखोकी लागेको  छ भने अरुलाई नसरोस भनेर मास्क लगाउने हो । आत्मबल बलियो बनाउनुपर्छ ।’
उहाँको फेरि प्रश्न आयो, ‘तिमीले कहाँ पायौ मास्क ? किन लगाएको नि, तिमी बिरामी जस्तो देखिंदैनौ त ?’

टेकु अस्पताल पुगें । गेट बाहिरसम्म लाइन थियो । एकजना अन्दाजी २०-२२ वर्षका जस्ता देखिने युवालाई सोधें, ‘तपाईं के भएर अस्पताल आउनुभएको ?’ उहाँले डराएको स्वरमा भन्नुभयो, ‘खै कोरोनाको शंका छ, के हो के…।’

उहाँको प्रश्न स्वभाविक थियो । तर मास्क लगाउनु मेरो रहर नभएर बाध्यता थियो । काठमाण्डौमा धुलो धुवाँ धेरै छ, जसले गर्दा घाँटीको ईन्फेक्सन  भएको छ । मास्क लगाएन भने धुलो घाँटीमा जान्छ र बोल्नै अप्ठ्यारो हुन्छ ।

मेरो बाध्यता थाहा पाएर आमाले भन्नुभयो, ‘खै हिजोआज त रोग पनि के के हुन् बा, घाँटीको बिरामी रहेछौ, ख्याल गर ।’

आमा त केही ढुक्क हुनुभयो । तर कोरोना भाइरसबारेको हल्लाले डराउनेहरु धेरै छन् ।  त म नियमित सरसफाईमा ध्यान दिन्छु, केही हुँदैन भन्ने आत्मविश्वास छ भनेर हिँड्ने गरेको छु । यस्तै सोचिरहेको बेला गाडीबाट झर्ने बेला भयो ।

टेकु अस्पताल पुगें । गेट बाहिरसम्म लाइन थियो । एकजना अन्दाजी २०-२२ वर्षका जस्ता देखिने युवालाई सोधें, ‘तपाईं के भएर अस्पताल आउनुभएको ?’
उहाँले डराएको स्वरमा भन्नुभयो, ‘खै कोरोनाको शंका छ, के हो के…।’

मैले भनें, ‘रुघाखोकी लाग्दैमा कोरोना हुन्छ र ? अनि फेरि डाक्टरले कोरोना होइन भनिसक्नुभएको रहेछ, फेरि किन डराउनुभएको ?’
उहाँको जवाफ आयो, ‘सबै साथीहरुले तँलाई त कोरोना भयो भन्छन्, त्यसैले मन धेरै आत्तिएको छ । राति निद्रा नि नलाग्ने भएको छ, अब कति बाँच्छु होला र भनेर चिन्ता लाग्छ ।’

त्यसैले अहिले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भयो भनेर जाँच गर्ने र डराउनेहरु धेरै छन् । उनीहरुलाई लक्षित गरेर मानसिक परामर्श सुरु भएको छ । धेरै जनामा कोरोना नै भयो कि भन्ने त्रास लिएर अस्पताल आउने गरेकाले यस्तो परामर्श सुरु गरेको उहाँले बताउनुभयो । सामान्य रुघाखोकी लाग्दैमा नआत्तिन उहाँले अनुरोध गर्नुभयो ।

तपाईंलाई केही भएको छैन, सामान्य रुघाखोकी हो नआत्तिनुस भनेर म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीलाई भेट्न गएँ ।

उहाँसँगको कुराकानीपछि थाहा भयो, टेकु अस्पतालमा धेरै जना कोरोना फोबिया भएर पुग्ने गरेका रहेछन् ।  त्यसैले अहिले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भयो भनेर जाँच गर्ने र डराउनेहरु धेरै छन् ।

उनीहरुलाई लक्षित गरेर मानसिक परामर्श सुरु भएको छ । धेरै जनामा कोरोना नै भयो कि भन्ने त्रास लिएर अस्पताल आउने गरेकाले यस्तो परामर्श सुरु गरेको उहाँले बताउनुभयो । सामान्य रुघाखोकी लाग्दैमा नआत्तिन उहाँले अनुरोध गर्नुभयो ।

अहिले कोरोनाको चर्चा बढेपछि मास्क लगाउनेहरु बढेका छन् । तर अरुबेला पनि मास्क लगाउँदा धुलो धुवाँबाट बच्न सकिन्छ । साबुनपानीले हात धुने तथा अरु व्यक्तिगत सरसफाईमा विशेष ख्याल गर्ने हो भने जुनसुकै भाइरसबाट पनि बच्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले नै नेपाललाई उच्च जोखिममा राखेको बेला सबैमा कोरोनाको त्रास हुनुु स्वभाविक हो । तर डराएर मात्रै समस्याको समाधान हुँदैन । कोरोना फोबिया हटाएर आत्मबल र रोगप्रतिरोधात्मक क्षमता बढाउनतिर लाग्ने कि ?

-उज्यालोबाट