आइतवार, असार २१, २०७७

शिवराज ४ वर्गदवामा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न

नवराज पौडेल, कपिलवस्तु।
कपिलवस्तुको शिवराज नगरपालिका ४ मा वर्गदवामा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । इवादत्त हुसेन को अध्यक्षतामा सम्पन्न भएको बैठकले ११ सदस्यीय राष्ट्रिय जनर्मोचा बर्गदवा गांउ समिती गठन गरेको छ । जसको उपाध्यक्षमा चन्द्र मौर्या, सचिव महोमद आविव मनिहार, कोषाध्यक्ष कासिम खान र सदस्यहरु कम्रश सकिल मन्सुरी, इस्तियाक मनिहार,असगर अलि मोहरम अलि चयन भएका छन् भने अविदा खातुन र हुन्नाल सेक रहनु भएको छ ।

भेलालाई सम्बोधन गर्दै रा।ज।मो का जिल्ला परिचालन समिती सदस्य एवंम अन्टुकका केन्द्रिय सदस्य केयर सिहं अदैले संघियताको कारण ले हाल देशमा चरम रुपले बढीरहेको भष्ट्रचारको बारेमा जानकारी दिनु भएको थियो । रा।ज।मो को निति तथा सिद्धान्त को बारेमा समेत प्रष्ट पार्नुभएको थियो , भेलालाई रा।ज।मो का जिल्ला कोषाध्यक्ष चेतनारायण खनाल,छन्द बहादुर के।सी,पदम बहादुर जि।सी लगाएतले सम्बोधन गर्दै नव गठित समीतीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।