बुधबार, चैत्र २६, २०७६

नेकपा शिवराज नगरकमिटीको बैठक १० औं पुर्ण बैठक सम्पन्न

कपिलवस्तु,चैत्र १:नेपाल मम्युनिष्ट पार्टी नेकपा शिवराज नगरकमिटीका १० औं पुर्ण बैठक चन्द्रौटामा सम्पन्न भएको छ । बैठकले नेकपा केन्द्रिय कमिटीको सर्कुलर अनुसार पार्टीले ३ महिने अभियान संचालन गर्ने सम्बन्धि छलफल भएको थियो । तिन महिने अभियानमा नगरकमिटी,वडा कमिटीको बैठक बस्ने,टोल कमिटी गठन गर्ने,पार्टी र जनप्रतिनिध बिच अन्तरक्रिया गर्ने,जनप्रतिनिधिले गरेका कामको समिक्षा गर्ने,सस्यता बिस्तार गर्ने र लेबी उठाउने जस्ता बिभिन्न निर्णय गर्दै पुर्ण बैठक सम्पन्न भएको छ ।

बैठकलाई संबोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा कपिलबस्तु इन्चार्ज गिरीधारीलाल न्यौपानेले पार्टीको सर्कुलर अनुसार सबैले एकमन भएर काम गर्नु पर्ने निर्देशन गर्नु भएको छ । इन्चार्ज न्यौपानेले ३ महिने अभियानमा पार्टीले समुदायमा भएका समस्या,कार्यकर्ता बिच भएका समस्या,पालिकाले गरेका कामको समिक्षा गर्दै समाजलाई सकरातमक बाटो तिर लैजानु पर्नेमा जोर्ड दिनु भएको छ ।

कार्यक्रममा प्रदेश सदस्य बालक राम बुढा,क्षेत्र बहादुर खत्रि,मिर्जा असरद वेग,जिल्ला कार्यलय सदस्य खपिल खनाल,प्रदेश बिभाग सदस्यहरु,सचिवालय सदस्य चन्द्र बहादुर गहतराज,लंक बहादुर हमाल,सफर मियां,जिल्ला बिभागका सदस्यहरु,जिल्ला सल्लाहकार सदस्यहरु लगायतको सहभागिता रहेको कार्यक्रममा २ जनाले नेपकपामा प्रबेश गरेका छन ।

कार्यक्रम शिवराज नगर कमिटी अध्यक्ष दिनेश पुनको अध्यक्षतामा नेपकपा केन्द्रिय कमिटी सदस्य तथा कपिलबस्तु इनचार्ज गिरीधारिलाल न्यौपानेको प्रमुख आथित्यतामा नगर कमिटी सचिव जगत पौडेलको संचालनमा सम्पन्न भएको छ ।