शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभुमीमा नेकपाले जन अभियान संचालन गर्ने

 

कपिलवस्तु –
नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)ले वुद्धभुमी नगरपालिकामा जन अभियान संचालन गर्ने भएको छ । शनिवार वुद्धभुमी ४ गेल्वारमा आयोजित अभियान घोषणा सभामा वोल्दै नेकपा प्रदेश नं. ५ सचिवालय सदस्य रुद्रलाल वन्जाडेले जनतालाई जगाउन अभियान संचालन गर्ने वताउनु भयो ।

पार्टी एकता मजबुद वनाउन , तल्ला संगठनलाई सकृय वनाउन अभियानले महत्वपुर्ण भुमिका खेल्ने वताउनु भयो ।
कार्यक्रममा वोल्दै प्रदेश सदस्य प्रभा पौडेलले पार्टी एकता सुदृढीकरण तथा जन सम्वन्ध विस्तार अभियानले जनतामा छरीएका भ्रमको अन्य गर्ने वताउनु भयो । कार्यक्रममा सल्लाहकार सदस्य ईन्द्रमणी पौडेलले पार्टी सदस्य सकृय भए मात्र पाटी चलायमान हुने भएकोले सकृय भएर लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रममा स्वागत पिताम्वर खनाल संचालन शुशिला दर्लामी कमला भुसालको अध्यक्ष्तामा सम्पन्न भएको थियो । सभाले चैत्र महिना भरी गाउ गाउमा पुगी कार्यक्रम संचालन गर्ने निर्णय गरेको गोविन्द प्रसाद आचार्य विकासले वताउनु भयो ।