बुधबार, चैत्र २६, २०७६

कोरोना त्रास : भारत र दक्षिण अफ्रिकाबीचकाे एक दिवसीय रद्द, आईपीएल पनि सर्‍याे

 

काठमाण्डाै – कोरोनाको त्रासका कारण भारत र दक्षिण अफ्रिकाबीच बाँकी रहेका २ एकदिवसीय खेल रद्द भएका छन् । यसअघि बन्द रंगशालामा खेलाउने बताइए पनि अन्तिम समयमा दुवै खेल रद्द गर्ने निर्णय बीसीसीआईले गरेको छ ।

यी २ टिमबीचको पहिलो खेल ‍वर्षाका कारण टस नै नभइ रद्द भएको थियो । बाँकी २ खेलमा कोरोनाको संक्रमणलाइ मध्यनजर गरेर विना दर्शक खेलाउने बताइएको थियो ।

तर यतिबेला लखनउ र इडेन गार्डेनमा हुने खेल रद्द गरिएको छ । सिरीज रद्द भएपछि दक्षिण अफ्रिकाको टिम स्वदेश फर्किने भएको छ ।बीसीसीआईले कोरोनाको त्रासका कारण आईपीएल पनि १७ दिन पछाडि सारेको छ ।