बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

अनअराइभल भिसा बैशाख १८ सम्म बन्द

 

काठमाडौं । कोरोना भाईरस संक्रमणको त्रास बढेसंगै नेपाल र भारतबीच आउजाउका लागि केही निश्चित सिमा नाका मात्रै सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ब्यवस्थित भन्सारसहितका नाकाबाट मात्र स्वास्थ्य परिक्षण गरि आवागमनको ब्यवस्था मिलाउने निर्णय गरेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले पनि बुधबार सूचना जारी गर्दै सडक मार्ग हुँदै आउने विदेशीको आवागमनलाई पर्याप्त स्वास्थ्य परिक्षण सुविधा भएका अध्यागमन जाँच चेकसहितका नाकामा सीमित गरिने भनेको थियो । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोभिड-१९ को महामारीबाट बच्न भारतसँग जोडिएका खास खास नाकाबाट मात्र व्यवस्थित रुपमा आवतजावत गर्न गृह र परराष्ट्र मन्त्रालयले मिलेर काम गर्ने बताए ।

व्यवस्थित नाकामा काँकडभिट्टा, जोगबनी, रक्सौल , भैरहवा र कञ्चनपुर छन् । चीन तर्फका नाका बन्द गरिसकिएका छन् आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।